भक्तपुरमा येन्याँ पुन्हीको अन्तिम दिन, आज पुलुकिसी जात्रा मनाइदै

भक्तपुरमा येन्याँ पुन्हीको अन्तिम दिन, आज पुलुकिसी जात्रा मनाइदै : Icon Khabar
तस्बिर: बिनय श्रेष्ठ

भक्तपुर, असोज ६ । आज भक्तपुरमा येन्याँ पुन्हीको अन्तिम दिन पुलुकिसी जात्रा मनाइदैछ। यन्याँ पुन्हि पर्वको आर्कषण पुलुकिसी ऐरावत हात्ती पनि हो । कथा किवंदन्ति अनुसार मत्र्यलोकमा कैद परेको आफनो छोरा जमयन्तको खोजीमा ईन्द्रले आफना बाहन ऐरावत हात्तीलाई खोज्न पठाएको भावले यहाँ ऐरावत हात्ती अर्थात पुलुकिसीको जात्रा भएको देख्न सकिन्छ । यसमा भक्तपुरको पुलुकिसीको जात्रा आश्विन कृष्ण चौथीअर्थात ईन्न्द्रजात्राको अन्तिम दिनमा हुन्छ ।

तस्बिर: सुरेशराज शाक्य

भक्तपुर लाकुलाछेस्थित किसीछेमा रहेको मान्द्रोको टाउको जिउ बनाउँछ । सुँड सहितको टाउकोलाई आर्कषक रैगरोगन गर्ने काम तलेजुसँग सम्वन्ध चित्रकारले गर्छ । हात्तीको जिउलाई निलो कपडाले बेरि चारजना मानिसले बोक्ने र पाँचौ ब्यक्तिले पुलुकिसी भित्र रहेको घण्टा बजाउने काम गर्छ । लाकुलाछेबाट तयार गरि जात्रा गर्ने क्रममा गहिटी हुदैं टौमढी पुयाई तीनपल्ट चक्कर लगाउँछ ।

आफना लागाभित्र यताउता गर्छ । हात्ती अगाडि बढ्दा त्यसभित्रको घण्टा बजाउँछ । तर हात्ती पछाडि गर्दा घण्टा बजाउनु हुदैंन । पुलुकिसी जात्राभरि कहिकतैको घण्टा बजाउनु हुदैन भन्ने मान्यता छ । टौमढीको भैरवनाथ मन्दिर सामुनमेको डबलीमा राखी आगो ताप्न दिन्छ । त्यहाँबाछ अगाडि पछाडि गर्दै जात्रा गर्दै हात्ती प्रदक्षिणा मार्ग हुदैं जव बंशगोपाल पुग्छ , देगमना तर्फ मुख पार्दै धान खुवाएको अभिनय गर्छ ।

त्यसबेला त्यो दिशातीर खेत भएकाहरुले हात्तीलाई धान पुयाई पुन नगरको पश्चिम तर्फ हेरि धान खुवाउँछ । त्यस पछि हात्ती दरवार क्षेत्र पुग्छ । त्यँहा तीन चक्कर लगाई पुन अगाडि पछाडि गर्दै भोलाछे पुगेपछि त्यहाँ बाट उत्तरतीर हेरि धान खुवाउँछ । हात्ती यसरी सुर्यमढी पुगेपछि त्यँहाबाट पूर्व हेरि धान खुवाउँछ र सुर्यमढी बाट जव तलातुथीं पुगेपछि हात्तीलाई पुन पानी खुवाएको अभिनय गर्छ ।

जव हात्ती दत्तात्रय चोक पुग्छ हात्तीलाइृ भिमसेन ढबलीमा राखी आगो ताप्न दिन्छ । यसरी हात्ती नगर परिक्रमा गरि पुन टौमढि हुदैं लाकुलाछे पुगेपछि पुलुकिसी जात्रा समाप्त हुन्छ । पुलुकिसी जात्राको क्रममा बज्ने घण्टा अत्यन्त आर्कषक र कर्णप्रिय हुन्छ । साथै हात्तीलाई यताउता गर्दा हात्तीको सुँडले छोला भनि डराउथ्यो । सुँडले छोयो भन्ने अनिष्ट हुनछ भन्ने मान्यता छ । तर अचेल यसमा कमैमात्र विश्वास गर्दा जोसुकै हात्तीको नजिक जाने प्रयास गर्दा जात्रामा हुलमुल भएको देखिन्छ । हात्ती बोक्नेहरुलाई सकस भएको पाईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 September 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू