बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घट्यो

बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, असोज ३ । सुनको भाउ लगातार ३ दिन घटेको छ । यो ३ दिनमा सुनको भाउ १७ सय रुपैयाँले घट्न पुगेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार पनि छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले घटेर १ लाख ५५ हजार ६०० रुपैयाँ कायम भएको छ ।

यसअघि मंगलबार र बुधबार सुनको भाउ क्रमशः प्रतितोला ६००, ३०० रुपैयाँले घटेको थियो । यसअघि, बुधबार छापावाल सुन १ लाख ५६ हजार ४०० रुपैयाँ कायम भएको थियो । बिहीबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर तोलाको १८ सय ८० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १८ सय ९० रुपैयाँ कायम रहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६६२.५२ र चाँदी प्रतिऔंस ३०.४४ डलरमा कारोबार भइरहेको छ । मुख्यतयः अन्तर्राष्टिय बजारमा तय हुने भाउकै आधारमा नेपाली बजारमा पनि मूल्य निर्धारण हुन्छ । विश्व बजारमा सुनको मूल्य घट्दा वा बढ्दा त्यसको सीधा प्रभाव नेपालमा पनि पर्ने गरेको छ ।

Published Date: 19 September 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड