बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घट्यो

बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, असोज ३ । सुनको भाउ लगातार ३ दिन घटेको छ । यो ३ दिनमा सुनको भाउ १७ सय रुपैयाँले घट्न पुगेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार पनि छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले घटेर १ लाख ५५ हजार ६०० रुपैयाँ कायम भएको छ ।

यसअघि मंगलबार र बुधबार सुनको भाउ क्रमशः प्रतितोला ६००, ३०० रुपैयाँले घटेको थियो । यसअघि, बुधबार छापावाल सुन १ लाख ५६ हजार ४०० रुपैयाँ कायम भएको थियो । बिहीबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर तोलाको १८ सय ८० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १८ सय ९० रुपैयाँ कायम रहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६६२.५२ र चाँदी प्रतिऔंस ३०.४४ डलरमा कारोबार भइरहेको छ । मुख्यतयः अन्तर्राष्टिय बजारमा तय हुने भाउकै आधारमा नेपाली बजारमा पनि मूल्य निर्धारण हुन्छ । विश्व बजारमा सुनको मूल्य घट्दा वा बढ्दा त्यसको सीधा प्रभाव नेपालमा पनि पर्ने गरेको छ ।

Published Date: 19 September 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास