नेपालले आज राति ओमानसँग प्रतिस्पिर्धा गर्ने

नेपालले आज राति ओमानसँग प्रतिस्पिर्धा गर्ने : Icon Khabar

काठमाडौँ, असोज २ । आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले बुधबार (आज) राति ओमानसँग प्रतिस्पिर्धा गर्दैछ ।

क्यानडाको किङ्ग सिटीमा नेपाली समय अनुसार साँझ ८:४५बजे खेल सुरु हुनेछ । २४ तारिखसम्म सञ्चालन हुने एक दिवसीय त्रिकोणात्मक यस सिरिजमा नेपाल, क्यानडा र ओमान छन् ।

नेपाल पहिलो खेलमा क्यानडासँग एक सय तीन रनले पराजित भएको थियो । नेपालले क्यानडासँग पहिलो पटक हार खेपेको हो । नेपाललाई लिग–२ मा लय समाउन ओमानलाई हराउनु पर्ने चुनौती छ । यसअघिका भिडन्तमा नेपालभन्दा ओमान बलियो देखिएको छ ।

यसअघि दुई टोलीबिच सात पटक प्रतिस्पर्धा हुँदा ओमानले चार र नेपालले तीन खेल जितेको छ । क्यानडामा नेपालले दोस्रो राउन्डको त्रिकोणात्मक सिरिज खेलिरहेको छ ।

पहिलो राउन्डमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग खेलेको थियो । सिरिजमा प्रत्येक टोलीसँग समान दुई खेल्ने प्रावधान छ । नेपालले पहिलो राउन्डमा एक खेल मात्र जितेको छ ।

नेपालमा भएको पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्सलाई एक खेलमा पराजित गरेको थियो । क्यानडामा तीन टोलीबिच टी–२० सिरिज पनि हुनेछ ।

क्यानडापछि नेपालले अमेरिकामा विश्वकप लिग–२ कै अर्को सिरिज खेल्नेछ । यस सिरिजमा आयोजम नेपाल र स्कटल्यान्ड छ ।

Published Date: 18 September 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड