पहिलो खेलमा नेपाल पराजित, क्यानडा १०३ रनले विजयी

पहिलो खेलमा नेपाल पराजित, क्यानडा १०३ रनले विजयी : Icon Khabar

काठमाडौं, असोज १ । आइसीसी क्रिकेट विश्वकप लिग-२ को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई इतिहासमा क्यानडासँग नेपाल पहिलो पटक पराजित भएको हो । यसअघि क्यानडासँग भएको ३ भेटमा नेपालले शतप्रतिशत नतिजा निकालेको थियो ।

क्यानडाको किङ्ग सिटीमा भएको खेलमा नेपाल १ सय ३ रनको फराकिलो अन्तरले पराजित भयो । क्यानडाले दिएको २ सय ५४ रनको लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभरमा अल आउट हुनुपुर्व मात्र १ सय ५० रन जोड्न सक्यो ।

नेपालका लागि सन्दीप लामिछानेले १६ बलमा १ चौका र २ छक्काको सहयोगमा सर्वाधिक २२ रन बनाए । ओपनर आसिफ शेखले ३० बलमा २० रन बनाउँदै आउट भए । अर्का ओपनर कुशल भुर्तेल १ रनमा आउट हुँदा कप्तान रोहित पौडेलले ५ रन बनाए । यि चारै खेलाडी क्यानडाका तीव्रगतीका बलर डेलिन हेलिगरको बलमा आउट भएका थिए ।

गुलसन झाले २७ बलमा १५ रन जोड्दै डेलिन हेलिगरको बलमा एलबिडब्लु आउट भए । नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङमा आएका भीम सार्की ३० बलमा १८ रन बनाए । भीम यसै खेलमा डेब्यु गरेका अखिल कुमारको बलमा एलबिडब्लु आउट भए ।

क्यानडाका लागि डेलिन हेलिगरले १० ओभरमा ३१ रन खर्चिएर ५ विकेट लिए । अन्श पटेल र अखिल कुमारले समान २ तथा साद विन जाफरले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५३ रन जोड्न सक्यो । नेपालले डेथ ओभरमा पुनस् एकपटक खराब बलिङ गर्दा मध्य इनिङको दबाबलाई कायम गर्न सकेन । अन्तिम १० ओभरमा नेपालका बलरले १ सय ४ रन खर्चिए ।

क्यानडाका लागि कप्तान निकोलस किर्तनले ४४ बलमा ३ चौका र ६ छक्काको सहयोगमा नटआउट ७३ रनको अर्धशतकीय ईनिङ खेले । नबनित धालीवालले ९० बलमा ४८ रन जोडे । अर्धशतक बनाउनबाट २ रन टाढा रहेका धालीवाल गुलसन झाको बलमा कुशल भुर्तेलबाट क्याच आउट भएका थिए ।

डेलिन हेलिगरले २७ बलमा ३० रन जोड्दै ललितको बलमा आउट भए । हर्ष ठाकरले ६१ बलमा २७ रन जोड्दै रन आउटको शिकार हुन पुगे । प्रगत सिंह ३५ बलमा १७ रन जोड्दै सन्दीप लामिछानेको बलमा एलबिडब्लु आउट भए । सादविन जाफर १३ बलमा १७ रन जोड्दै सोमपाल कामीको बलमा करण केसीबाट समातिए ।

नेपालका लागि ललित राजवंशी र सोमपाल कामीले समान २ तथा सन्दीप लामिछाने, गुलसन झा, रोहित पौडेलले समान १ विकेट लिए ।

विश्वकप २०२७ को छनोटको रुपमा रहेको लिग टु मा ८ टोलीको सहभागीता रहेको छ । जितसँगै क्यानडा भने ८ खेलमा ५ जित र ४ हारका साथ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित नेपाल ४ खेलमा १ जित र ४ हारका साथ अंकतालिकाको सातौं स्थानमा छ । नेदरल्यान्ड्स ८ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा छ । यूएई ३ खेलमा विना अंक पुछारमा छ ।

लिग टुमा सहभागी हरेक राष्ट्रले ३६ वटा ओडिआई खेल्नेछन् । अंक तालिकाको शीर्ष चार टोलीले २०२७ को विश्वकपका लागि हुने ग्लोबल छनोटमा स्थानमा बनाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 September 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू