सन्तति आविमा ६० औ बालदिवस मनाइयो

सन्तति आविमा ६० औ बालदिवस मनाइयो : Icon Khabar

भक्तपुर, भदौ ३० । “बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” भन्ने नारा सहित ६० औ बालदिवसको अवसरमा सल्लाघारी नपली स्थित सन्तति आधारभूत विद्यायलले अतिरिक्त क्रियाकलाप सहित आइतबार बालदिवस मनाइयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले विद्यालयलाई स्तर उन्नति गर्न लागिपरेको उल्लेख गर्दै विद्यार्थीको शारीरिक स्वस्थताको लागि खेलकुद जस्ता अतिरिक्त क्रियाकलाप आवश्यक भएको बताए । उनले विद्यालयको विविध कार्यक्रम र खेलकुद संचालनको लागि आवश्यक प्रांगण उपलब्ध गराउन भक्तपुर नगरपालिकासँग ताकेता गरिरहेको बताए ।

विद्यालय व्यवस्थापन समितिका सदस्य भोजराज बस्नेतले बालबालिकाको चौतर्फि विकासको लागि पाठ्यपुस्तकको ज्ञानसँगसँगै व्यवहारिक तथा सामाजिक र अनुशासित बनाउन यस्ता गतिविधिले सहयोग मिल्ने बताए ।

विद्यालयका प्रअ तथा कार्यक्रम सभापति दीपक माकले विद्यार्थीहरूले सिकाई र चरित्र निर्माणमा जोड दिनुपर्ने उल्लेख गर्दै सरकारले नारामा उल्लेख गरिए अनुसार विद्यालय र विद्यार्थीको भविष्य सुनिश्चित गर्न लगानीमा वृद्धि गर्न जोड दिए ।

तातो आलु, म्युजिकल चियर, घ्याम्पो फुटाउने, चकलेट खाने, बालअधिकार विषयको निबन्ध लेखन, सम्झना खेल तथा बेलुन फुटाउने खेलका विजयी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको उक्त कार्यक्रमा विद्यार्थीहरुले आआफ्नो प्रतिभा समेत प्रफुस्टन गरेका थिए ।

Published Date: 15 September 2024
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय