रोनाल्डो बने सामाजिक सञ्जालमा एक अर्ब फलोअर्स पाउने पहिलो ब्यक्ति

रोनाल्डो बने सामाजिक सञ्जालमा एक अर्ब फलोअर्स पाउने पहिलो ब्यक्ति : Icon Khabar

काठमाडौँ, भदौ २१ । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जलाको प्लेटफर्ममा एक बिलियन (एक अर्ब) फलोअर्स प्राप्त गरेका छन् । सामाजिक सञ्जालमा रहेका उनका सबै आधिकारिक एकाउन्टका फलोअर्सको संख्या जोड्दा उनले एक१ अर्ब फलओअर्स प्राप्त गरेका हुन् ।

पोर्चुगिज स्टारलाई चर्चित सामाजिक सञ्जालहरुमा निकै राम्रो समर्थन रहेको छ । उनलाई सामाजिक सञ्जाल एक्समा एक सय मिलियन बढीले फलो गर्दा इनस्टग्राममा ६०० मिलियनले फलो गरेका छन् । केही समयअघि मात्र युट्युव रिलिज गरेका रोनाल्डोले त्यसमा पनि ६० मिलियन सस्क्राइब पाएका छन् । त्यस्तै फेसबुकमा उनका १७० मिलियन बढी फलोअर्स रहेका छन् ।  उनी चाइनिज सामाजिक सञ्जालमा समेत लोकप्रिय छन् ।

चाइनिज सामाजिक सञ्जाल कुआइशोमा उनका करिब ९ मिलियन समर्थक रहँदा विबोमा ७ मिलियन बढी समर्थक छन् । उनले आफ्नो एक अर्ब फलोअर्स भएसँगै सबै समर्थकलाई धन्यवाद दिएका छन् । उनले समाजिक सञ्जाल एक्समा एक पोस्ट लेख्दै भने, ‘हामीले इतिहास बनाएका छौं– एक अर्ब फलोअर्स ! यो केवल एउटा संख्या मात्र होइन– यो हाम्रो साझा जोश, दृढता, र खेलप्रतिको प्रेमको प्रमाण हो ।’

उनले भनेका छन्, ‘माडेरियाका गल्लीहरूदेखि विश्वका ठूला मञ्चहरूसम्म, मैले सधैं मेरो परिवार र तपाईहरूको लागि प्रतिस्पर्धा गरेको छु, अब हामी एक अर्ब जना एक साथ उभिएका छौं ।’ उनी अगाडि लेख्छन्, ‘तपाइँहरू मेरो प्रत्येक कदममा साथमा हुनुहुन्थ्यो, सबैभन्दा माथि र सबैभन्दा तलको अवस्थामा पनि । यो यात्रा हाम्रो साझा यात्रा हो, र हामीले सँगै कुनै पनि लक्ष्य असम्भव छैन भन्ने देखाएका छौं ।’ रोनाल्डोले आफ्नो करिअरमा पाँच पटक बालोनडि’ ओर जितेका छन् । अहिलेसम्म विश्वकप जित्न नसकेका उनले युरोपियन च्याम्पियनसिपको उपाधि जितेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 September 2024
Website | + posts


ताजा
इम्बोस्ड नम्बर प्लेट असोज १ गतेदेखि जडान नगरे पनि कारबाही नहुने: यातायात विभाग
भक्तपुरमा अहिले अपरान्ह चोथा पर्व मनाइदै
वीरगञ्जमा हैजा समुदायस्तरमा फैलिरहेको संकेत
सार्वजनिक यातायात केन्द्रीय महासंघद्वारा इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आह्वान


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू