अर्जेन्टिनामाथि कोलम्बियाको शानदार जित

अर्जेन्टिनामाथि कोलम्बियाको शानदार जित : Icon Khabar

काठमाडौं, भदौ २७ ।  दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत कोलम्बियाले अर्जेन्टिनालाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा कोलम्बियाले अर्जेन्टिनालाई २–१ गोल अन्तरले पराजित गरेको हो । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीको अनुपस्थितिमा खेलेको यो खेलमा कोलम्बियाले प्रभावशाली प्रदर्शन गर्दै जीत हात पार्न सफल भयो ।

कोलम्बियाको जितमा एर्सन मस्क्वेरा र जेम्स रोड्रीगेजले एक एक गोल गरेका थिए । त्यस्तै अर्जेन्टिनाका लागि एक गोल निकोलस गोन्जालेजले गरेका थिए ।

यो जितपछि कोलम्बियाले ८ खेलमा ४ जित र ४ बराबरीसहित १६ अंक हासिल गरेको छ र दोस्रो स्थानमा रहेको छ । त्यसैगरी अर्जेन्टिनाको भने विश्वकप छनौटमा यो दोस्रो हार हो । अर्जेन्टिना यो हारपछि पनि ८ खेलमा १८ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

Published Date: 12 September 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय