आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौं, भदौ २७ । आज २०८१ भदौ २७ गते बिहीबार, तद्अनुसार १२ सेप्टेम्बर २०२४ । आज सूर्य दक्षिणायनं, वर्षा ऋतु, भदौ शुक्ल नवमी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, आयुष्मान योग, बालव करण, सूर्योदय बिहानः ०५ः४७ बजे, सूर्यास्त साँझ १८ः११ बजे ।

आजको राशिफल

मेष: सामाजिक कार्यप्रति रुचि रहने छ । मान–सम्मान प्राप्त हुनेछ । रोकिएका कार्यमा गति आउने छ । लगानी शुभ रहने छ ।

वृष: लाभको अवसर हात पर्नेछ । स्वास्थ्यमा ध्यान दिनु होला । व्यापार–व्यवसायमा वृद्धि हुनेछ । परिवारमा प्रसन्नता रहने छ ।

मिथुन: ऐश्वर्यका साधनमा सोच–विचार गरेर खर्च गर्नु होला । नकारात्मकता हावी रहने छ । सवारीसाधन तथा मशीनरीको प्रयोगमा सावधानी अपनाउनु होला ।

कर्कट: अदालतको काम मनोनुकूल रहने छ । जीवनसाथीबाट सहयोग पाइने छ । प्रसन्नता रहने छ ।

सिंह: आर्थिक उन्नति हुनेछ । व्यापार–व्यवसाय लाभदायक रहने छ । शेयर मार्केटबाट ठूलो फाइदा हुनेछ ।

कन्या: कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । यात्रा मनोरञ्जक रहने छ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् ।

तुला: प्रयास बढी गर्नु पर्नेछ । लाभमा वृद्धि हुनेछ । काममा ध्यान दिन गाह्रो पर्नेछ । बिना कारण कसैसंग भनाभन हुन सक्ने छ ।

वृश्चिक: प्रेम–प्रसंगमा अनुकूलता रहने छ । उपहार दिनु पर्ने हुनसक्छ । प्रयासहरु सफल रहने छन् । व्यापारमा तथा सम्मानमा वृद्धि हुनेछ ।

धनु: टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । घरमा पाहुनाको आगमन हुनेछ । लगानी शुभ रहने छ ।

मकर: कुनै पनि महत्वपूर्ण निर्णय गर्दा सोच–समझकर गर्नु होला । व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ । शेयर मार्केटबाट ठूलो लाभ हुनसक्छ ।

कुम्भ: अरुको झगडामा नपर्नु होला । अप्रत्याशित खर्च बढ्ने छ । पुराना रोग बल्झिन सक्ने छ ।

मीन: व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ । लाभमा वृद्धि हुनेछ । लगानी शुभ रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 September 2024
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने