अब अनलाइनबाट कम्पनी दर्ता गर्न नपाइने

अब अनलाइनबाट कम्पनी दर्ता गर्न नपाइने : Icon Khabar

काठमाडौँ, भदौ २५ । अब अनलाइनबाट कम्पनी दर्ता गर्न नपाइने भएकाे छ । कम्पनी रजिस्ट्रारको कार्यालयले केहि समयका लागि अनलाइन दर्ताकाे सेवा बन्द गरेको हाे ।

सर्वोच्च अदालतले अनलाइन दर्ता प्रणालीको सफ्टवेयरका विषयमा अल्पकालीन अन्तरिम आदेश दिएपछि कार्यालयले सेवा बन्द गरेकाे हाे ।

यसअघि, कार्यालयले कम्पनी दर्तालाई अनलाइन प्रक्रिया लैजान नयाँ सफ्टवेयर कार्यान्वयनमा ल्याउन लागेपछि अदालतमा मुद्दा परेको थियो । अदालतले असार १९ गते, साउन १७ गते, भदौ ९ गते र भदौ १६ मा कार्यालयले गरेकाे निर्णय अनुसारका सबै काम कारबाहीमाथि रोक लगाएको थियो।

Published Date: 11 September 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास