पोर्चुगलको जितमा रोनाल्डोको निर्णायक गोल

पोर्चुगलको जितमा रोनाल्डोको निर्णायक गोल : Icon Khabar

काठमाडौं, भदौ २४ ।  युएएफए नेसन्स लिगमा कप्तान क्रिटियानो रोनाल्डोको गोलमा पोर्चुगलले स्कटल्यान्डलाई हराएको छ । लिगमा लगातार दोस्रो जित हात पार्ने क्रममा पोर्चुगलले स्कटल्यान्डमाथि २-१ को जित निकालेको हो ।

स्कटल्यान्डको घरेलु मैदानमा भएको खेलमा पोर्चुगललाई जित दिलाउन रोनाल्डो र ब्रुनो फर्नान्डिजले समान १ गोल गरे ।

स्कटल्यान्डका लागि मैकटोमिनेले १ गोल गरे । खेलमा अग्रता भने स्कटल्यान्डले लिएको थियो । स्कटल्यान्डका लागि सातौं मिनेटमा मैकटोमिनेसको गोलमा गरेका थिए ।

५४औ मिनेटमा फर्नान्डिजले पोर्चुगलका लागि बराबरी गोल फर्काए । बराबरी उन्मुख खेलको अन्तिम समयमा रोनाल्डोले विजयी गोल गरे ।

निर्धारित समय सकिन २ मिनेट बाँकी रहँदा रोनाल्डोले गरेको गोलले पोर्चुगल लगातार दोस्रो खेलमा विजयी भयो । ग्रुप एमा रहेको पोर्चुगल ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । –एजेन्सी

Published Date: 09 September 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास