पोर्चुगलको जितमा रोनाल्डोको निर्णायक गोल

पोर्चुगलको जितमा रोनाल्डोको निर्णायक गोल : Icon Khabar

काठमाडौं, भदौ २४ ।  युएएफए नेसन्स लिगमा कप्तान क्रिटियानो रोनाल्डोको गोलमा पोर्चुगलले स्कटल्यान्डलाई हराएको छ । लिगमा लगातार दोस्रो जित हात पार्ने क्रममा पोर्चुगलले स्कटल्यान्डमाथि २-१ को जित निकालेको हो ।

स्कटल्यान्डको घरेलु मैदानमा भएको खेलमा पोर्चुगललाई जित दिलाउन रोनाल्डो र ब्रुनो फर्नान्डिजले समान १ गोल गरे ।

स्कटल्यान्डका लागि मैकटोमिनेले १ गोल गरे । खेलमा अग्रता भने स्कटल्यान्डले लिएको थियो । स्कटल्यान्डका लागि सातौं मिनेटमा मैकटोमिनेसको गोलमा गरेका थिए ।

५४औ मिनेटमा फर्नान्डिजले पोर्चुगलका लागि बराबरी गोल फर्काए । बराबरी उन्मुख खेलको अन्तिम समयमा रोनाल्डोले विजयी गोल गरे ।

निर्धारित समय सकिन २ मिनेट बाँकी रहँदा रोनाल्डोले गरेको गोलले पोर्चुगल लगातार दोस्रो खेलमा विजयी भयो । ग्रुप एमा रहेको पोर्चुगल ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । –एजेन्सी

Published Date: 09 September 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड