प्रधानमन्त्री ओलीलाई फेस्बूक्मा अनफलो गर्ने क्रम जारी, फलोअर्स ६६६के बाट झर्यो ५९५के मा

प्रधानमन्त्री ओलीलाई फेस्बूक्मा अनफलो गर्ने क्रम जारी, फलोअर्स ६६६के बाट झर्यो ५९५के मा : Icon Khabar

काठमाडौं, भदौ १९ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को एउटा पोस्ट फेसबुकले उडाइदिएपछि त्यसको नकारात्मक प्रभाव प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पेज तथा ट्वीटर हेण्डलमा परेको छ ।

सामाजिक सञ्जालमा बालेनको उक्त पोस्ट उठाएको दोष सत्तारुढ एमालेलाई लगाइँदै छ, यद्यपि यसको आधिकारिक पुष्टि भने भएको छैन । उक्त पोस्ट उडाउन रिपोर्ट गरेको अपुष्टि आरोपकै कारण सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमा अनफलो गर्ने अभियान नै चलाइएको छ ।

मंगलवार रातिदेखि सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई अनफलो गर्ने क्रम प्रारम्भ भएको छ । एक्समा एक जना प्रयोगकर्ताले लेखेका छन्– ‘एमाले कार्यकर्ताहरुले रिपोर्ट गरेर बालेनको स्टाटस उडाएपछि अहिले केपी ओलीको फेसबुक पेज अनफलो र रिपोर्ट गर्ने अभियान सुरु भएको छ । हिजोसम्म ६६६के (छ लाख ६६ हजार) फलोअर्स भएको पेज अहिले ६३२के (छ लाख ३२ हजार) मा झरेको छ । तपाईंले गर्नु भयो ?’

यो सामग्री तयार पार्ने बेलासम्ममा प्रधानमन्त्रीको आधिकारिक फेसबुक पेजमा ५९५के (५ लाख ९५ हजार) मा झरेको छ ।

Published Date: 04 September 2024


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली