प्रधानमन्त्री ओलीलाई फेस्बूक्मा अनफलो गर्ने क्रम जारी, फलोअर्स ६६६के बाट झर्यो ५९५के मा

प्रधानमन्त्री ओलीलाई फेस्बूक्मा अनफलो गर्ने क्रम जारी, फलोअर्स ६६६के बाट झर्यो ५९५के मा : Icon Khabar

काठमाडौं, भदौ १९ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को एउटा पोस्ट फेसबुकले उडाइदिएपछि त्यसको नकारात्मक प्रभाव प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पेज तथा ट्वीटर हेण्डलमा परेको छ ।

सामाजिक सञ्जालमा बालेनको उक्त पोस्ट उठाएको दोष सत्तारुढ एमालेलाई लगाइँदै छ, यद्यपि यसको आधिकारिक पुष्टि भने भएको छैन । उक्त पोस्ट उडाउन रिपोर्ट गरेको अपुष्टि आरोपकै कारण सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमा अनफलो गर्ने अभियान नै चलाइएको छ ।

मंगलवार रातिदेखि सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई अनफलो गर्ने क्रम प्रारम्भ भएको छ । एक्समा एक जना प्रयोगकर्ताले लेखेका छन्– ‘एमाले कार्यकर्ताहरुले रिपोर्ट गरेर बालेनको स्टाटस उडाएपछि अहिले केपी ओलीको फेसबुक पेज अनफलो र रिपोर्ट गर्ने अभियान सुरु भएको छ । हिजोसम्म ६६६के (छ लाख ६६ हजार) फलोअर्स भएको पेज अहिले ६३२के (छ लाख ३२ हजार) मा झरेको छ । तपाईंले गर्नु भयो ?’

यो सामग्री तयार पार्ने बेलासम्ममा प्रधानमन्त्रीको आधिकारिक फेसबुक पेजमा ५९५के (५ लाख ९५ हजार) मा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 September 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने