मन्त्री मनाङेले दिए राजीनामा

मन्त्री मनाङेले दिए राजीनामा : Icon Khabar

काठमाडौं, भदौ १७ । सरकारले पूर्णता पाएकै दिन गण्डकी सरकारका मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ ले पदबाट राजीनामा दिएका छन् । आज (सोमबार) नेकपा एमालेका चार जना मन्त्री थपेर सरकार पुनर्गठन गरेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई स्वकीय सचिवमार्फत् उनले राजीनामा पठाएका हुन् ।

स्वकीय सचिव सन्तोष अधिकारीमार्फत राजीनामा पठाइसकेको जानकारी दिंदै मनाङले भने, ‘अब सरकारमा नजाने, अल्छी लाग्यो, कति खाने के, अब रेष्ट गर्नुपर्छ ।’ सरकार पुनर्गठन हुनुअघि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रहेका मनाङे पुनर्गठनपछि वन तथा वातावरण मन्त्रालय पाएका थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार मनाङेले सरकार पुनर्गठन हुँदा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय माग गरेका थिए । तर उक्त मन्त्रालय कांग्रेस सांसद विन्दुकुमार थापाले पाए । त्यसपछि  मनाङे असन्तुष्ट बनेको स्रोत बताउँछ ।

वन तथा वातावरण मन्त्रालय पाएपछि बिच्किएका मनाङेले राजीनामा दिएका हुन् । मनाङेका स्वकीय सचिव अधिकारीले पनि मन्त्री पदबाट मनाङेले राजीनामा दिएको बताएका छन् । ‘राजीनामा पत्र बुझाउन मुख्यमन्त्री कार्यालयमा समय कुरेर बसेको छु,’ उनले भने । वन तथा वातावरण मन्त्रालय मनाङबाट निर्वाचित प्रदेश सांसद मुनिन्द्रजंग गुरूङलाई दिन मनाङेको माग छ ।

‘तल्लो मनाङको भाइ मुनिन्द्रजंग गुरुङलाई मन्त्री देउ भनेको छु, नयाँ केटाहरुलाई अनुभव हुन्छ ।’ वन मन्त्रालयमा बजेट नहुने र काम केहि नहुने उनले बताएका छन् । ‘वनमा बजेट छैन । मन्त्रालय हामीले हेर्न पनि पाउँदैन । यो त केन्द्रले हेर्ने हो,’ उनले भने, ‘हामीले हेर्ने भनेको तितेपातीको झ्याङ हो । झण्डा हल्लाएर हिँडेर काम छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 September 2024
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न