सोमबार सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा करोबार हुँदै

सोमबार सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा करोबार हुँदै : Icon Khabar

काठमाडौं, भदौ १७ । सुनको भाउमा लगातार ३ दिन घटेको छ । यो ३ दिनमा सुनको भाउ १२ सय रुपैयाँले घट्न पुगेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार पनि छापावाल सुन प्रतितोला ३०० सय रुपैयाँले घटेर १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ ।

यसअघि शुक्रबार र आइतबार सुनको भाउ क्रमशः प्रतितोला ३००–६०० रुपैयाँले घटेको थियो । यसअघि, आइतबार छापावाल सुन १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

सोमबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर तोलाको १७ सय ७५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १७ सय ९५ रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ४९६.७६ डलरमा कारोबार भइरहेको छ ।

Published Date: 02 September 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास