सोमबार सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा करोबार हुँदै

सोमबार सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा करोबार हुँदै : Icon Khabar

काठमाडौं, भदौ १७ । सुनको भाउमा लगातार ३ दिन घटेको छ । यो ३ दिनमा सुनको भाउ १२ सय रुपैयाँले घट्न पुगेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार पनि छापावाल सुन प्रतितोला ३०० सय रुपैयाँले घटेर १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ ।

यसअघि शुक्रबार र आइतबार सुनको भाउ क्रमशः प्रतितोला ३००–६०० रुपैयाँले घटेको थियो । यसअघि, आइतबार छापावाल सुन १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

सोमबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर तोलाको १७ सय ७५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १७ सय ९५ रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ४९६.७६ डलरमा कारोबार भइरहेको छ ।

Published Date: 02 September 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड