लोकेश्वर साकोसमा धाँ बाजाका प्रशिक्षार्थीहरुलाई प्रमाण–पत्र वितरण कार्यक्रम सम्पन्न

लोकेश्वर साकोसमा धाँ बाजाका प्रशिक्षार्थीहरुलाई प्रमाण–पत्र वितरण कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, भदौ १६ । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि. इताछें, भक्तपुरको धां बाजा प्रशिक्षार्थीहरुलाई प्रमाण–पत्र वितरण तथा वनभोज कार्यक्रम शनिबार सम्पन्न भयो।

भक्तपुर नगरपालिकाका उप–प्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा बोल्दै जोशीले भक्तपुर नगरको विकासमा पुर्खाको योगदानलाई विर्सन नहुने भन्दै पुर्खाले सिर्जेको कला र सम्पदाहरुको महत्वबारे चर्चा गरीन्।

भक्तपुर नगर एक ऐतिहासिक धार्मिक, सांस्कृतिक महत्व बोकेको नगरका रुपमा स्थापित रहेकोले उक्त कला, संस्कृति, मुर्त–अमुर्त सम्पदा तथा मातृभाषालाई जगेर्ना गर्दै पुस्तान्तरण गर्दै जानुपर्ने औल्याईन्। भक्तपुर नगरपालिकाले सांस्कृतिक क्षेत्रको उत्थानका लागि विभिन्न तालिम र प्रतियोगिताहरु संचालन गर्दै आएकोले गर्दा नगरलाई जीवन्त बनाउन मद्दत मिलेको बताईन् ।

उनले संस्थाबाट सांस्कृतिक बाजागाजाहरु नया“ पुस्तालाई सिकाउदै आएकोमा खुसी व्यक्त गर्दै सहकारी संस्थाहरुबाट यस्ता गतिविधिकहरु मार्फत नपालाई निरन्तर साथ र सहयोगको अपेक्षा रहेकोसमेत बताईन्।

भनपाका पूर्व वडाअध्यक्ष रविन्द्र खर्बुजाले संस्थाबाट सामाजिक क्रियाकलाप अन्तर्गत सांस्कृतिक क्षेत्रको सम्वर्द्वनका अलावा नयाँ पुस्ता तयार गर्न टेवा पुर्याएकोमा संस्थालाई धन्यवाद प्रकट गरे। नयाँ पुस्ताले इतिहासका विभिन्न घटनाक्रमहरुको बारेमा थाहा पाउनु पर्ने कुरा राख्दै भक्तपुर नगर विकासको लागि पर्यटन शुल्क २०५० सालदेखि शुरु गरेको स्मरण गरे।

कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. २ का वडाअध्यक्ष हरिप्रसाद बासुकलाले समेत आफ्नो मन्तव्य राखेका थिए। संस्थाका अध्यक्ष राजन जतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा बोल्दै नयाँ पुस्तालाई पुराना कलासंस्कृतिको जगेर्ना गर्न सक्षम बनाउन संस्थाले आर्थिक कारोबारकासाथै विभिन्न सांस्कृतिक एबं सामाजिक क्रियाकलापमा पनि अग्रसर रहेको कुरा राख्दै नगरपालिकाले समुदायमा आधारित सहकारीहरुलाई आवश्यक सहयोग गर्न र विशिष्टिकृत सहकारी बनाउन आवश्यक पहल कदमी लिन सुझाब दिए।

धाँ बाजा प्रशिक्षणका २५ जना प्रशिक्षार्थीहरुलाई प्रमाण–पत्र वितरण गरिएको उक्त कार्यक्रममा सांस्कृतिक उप–समितिका संयोजक कमलश्वरी सुवाल र सचिव राजु छुकांले पनि बोलेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
Published Date: 01 September 2024
Website | + posts