भक्तपुरको एजे स्कुलमा विद्यालय स्तरीय खुल्ला लोक नृत्य संग्राम हुने

भक्तपुरको एजे स्कुलमा विद्यालय स्तरीय खुल्ला लोक नृत्य संग्राम हुने : Icon Khabar

भक्तपुर, भदौ १६ । राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा भक्तपुरमा विद्यालय स्तरीय खुल्ला लोक नृत्य संग्राम हुने भएको छ।

भक्तपुरको सूर्यविनायकस्थित एजे स्कुलले यहि भदौ २८ गते शुक्रबार सो कार्यक्रम गर्न लागेको हो । मौलिक कला संस्कृतिको संरक्षण र सांस्कृतिक रुपान्तरण सहित लोक नृत्य तथा सांस्कृतिक भेषभुसालाई नयाँ पुस्तामाझ फरक तरिकाबाट आत्मसाथ गराउने उद्देश्यले हुन लागेको सो संग्राममा प्रतियोगिहरुले कुनै पनि लोक भाका/गीतमा एकल लोक नृत्य प्रस्तुत गर्ने पर्ने हुन्छ ।

आयोजकका अनुसार प्रतियोगिहरुले पूर्ण रूपमा लोकभाकामा सांस्कृतिक भेषभुषामा लोक नृत्य मात्र गर्नुपर्ने छ। सो प्रतियोगितामा आधुनिक नृत्य प्रस्तुत गर्न नपाइने जनाएको छ।

यो संग्राम सुर्यविनायक, पाण्डुवजारस्थित एजे स्कुलकोमा प्रांगणमा हुनेछ। कुनै पनि विद्यालयवाट कक्षा १० (दश) सम्म अध्ययनरत नृत्य प्रेमी छात्रछात्राहरूका लागि खुला गरिएको र यसले प्रतिभाशाली नृत्य कलाकारहरूलाई आफ्नो कला/कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास आयोजक विद्यालयले लिएको छ ।

आयोजक विद्यालयका अनुसार प्रतियोगिता २ चरणमा हुनेछ । प्रथम चरणमा सहभागीहरुलाई आ-आफ्नो खुबी देखाउन ४० सेकेण्डको मौका दिइनेछ र त्यसबाट छनौट भएका प्रतियोगीहरुलाई मात्रै संग्राम (Battle) मा समावेश गराइने छ ।

दुवै चरणमा आयोजकले उपलब्ध गराएको गीतमा प्रतियोगीहरुले पालैपालो आ-आफ्नो कला/ नृत्य प्रस्तुत गर्नुपर्नेछ । विजेताहरूलाई नगद पुरस्कार, प्रमाणपत्र, ट्रफी र गिफ्ट हाय्म्परको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा भाग लिन इच्छुक छात्रछात्राहरूले विद्यालयको आफ्नो परिचय-पत्र र विद्यालयको आधिकारीक चिठी सहित प्रति व्यक्ति रू ५०० दर्ता शुल्क बुझाई संग्राममा भाग लिन सक्नेछन्।

कार्यक्रमको बारेमा थप जानकारी विद्यालयको बेव साईट, फेशबुक पेज लगायत विद्यालय प्रशासनवाट फोनमार्फत प्राप्त गर्न सकिने आयोजक विद्यालयले आइकन खबरलाई जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
0
+1
0
+1
1
+1
0
Published Date: 01 September 2024
Website | + posts