रियल हारबाट जोगियो

रियल हारबाट जोगियो : Icon Khabar

काठमाडौँ, भदौ १४ ।  स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिड हारबाट जोगिएको छ । लस पालसमसँग बिहीवार भएको खेलको दोस्रो हाफमा भिनिसियस जुनियरले पेनाल्टीमा गोल गरेपछि रियल १-१ को‌ बराबरी गर्न सफल भएको थियो।

अल्बेर्टो मोलिइरोको गोलमा लस पालमसले पाँचौं मिनेटमा खेलमा अग्रता लिएको थियो। ६९ औं मिनेटमा जुनियरले पेनाल्टीमा‌ बराबरी गोल फर्काएका थिए।एलेक्स सुआरेजको ह्यान्डबलपछि रियलले पेनाल्टी पाएको थियो।

योसँगै ला लिगामा रियलको अपराजित यात्रा ३५ खेल पुगेको छ। स्वभाविक प्रदर्शन गर्न नसकेको रियलका एन्ड्रिक र केलियन एमबाप्पे गोलको नजिक पुगेर पनि असफल भएका थिए।

पेरिस सेन्ट जर्मेनबाट यही सिजन रियल पुगेका एमबाप्पेले ला लिगामा ३ चरणका खेलसम्म सकिदा गोल गर्न सकेका छैनन्।अन्त्यतिर जेइमी माटाको गोललाई अफसाइड लिएपछि लस पालमस जितबाट वन्चित भएको थियो।अर्को खेलमा जिरोनाले ओसासुनामाथि ४-० को सहज जित हात पार्यो ।

Published Date: 30 August 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय