घरेलु मैदानमै नेपाल पराजित, बंगलादेशले पहिलोपल्ट जित्यो उपाधि

घरेलु मैदानमै नेपाल पराजित, बंगलादेशले पहिलोपल्ट जित्यो उपाधि : Icon Khabar

काठमाडौं, भदौ १२ । साफ यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि बंगलादेशले जितेको छ । घरेलु टोली नेपाललाई ४–१ ले हराउँदै बंगलादेशले साफ यु–२० च्याम्पियनसिपको उपाधि जितेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज (बुधबार) भएको उपाधि भिडन्तमा बंगलादेशसँग ४–१ गोलले पराजित हुँदा नेपालको उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य पुरा हुन सकेन । बंगलादेशले भने पहिलो पटक साफ यू–२० को उपाधि जितेको हो ।

पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा बंगलादेशका लागि मिराजुल इस्लामले फ्रिकिकमा उत्कृष्ट गोल गरे । डिबक्स बाहिर प्राप्त फ्रिकिकमा उनले दोस्रो बार च्यापेर हानेको प्रहार पोलमा लागेर जाली चुम्यो । त्यसअघि राम थापाले मिराजुललाई लडाएपछि बंगलादेशले फ्रिकिक पाएको थियो ।

५५ मिनेटमा मिराजुलले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरे। उनले सिक्स यार्डमा प्राप्त पासमा हेडमार्फत गोल गरेका थिए । ७१ मिनेटमा बंगालदेशले तेस्रो गोल गर्‍यो । रोबी हुसनेले डिबक्स भित्रबाट उत्कृष्ट गोल गर्दा सातदोबाटोमा खेल हेर्न उपस्थित नेपाली दर्शक स्तब्ध बने ।

नेपालले ८१ मिनेटमा गोल फर्काउन सफल भयो । नेपालका लागि समिर तामाङले गोल गरेका थिए । १० मिनेट थपिएको दोस्रो हाफको इन्जुरी समयको छैटौं मिनेटमा बंगलादेशले चौथो गोल ग¥यो । सन् २०१५ र २०१७ को विजेता नेपालको तेस्रो उपाधि जित्ने अभियान भने सफल भएन । यसअघि तीन पटक उपविजेता भएको बंगलादेशले भने चौथो प्रयासमा उपाधि जितेको हो । बंगलादेश यसअघि २०१७, २०१९ र २०२२ मा उपविजेता बनेको थियो ।

Published Date: 28 August 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास