घरेलु मैदानमै नेपाल पराजित, बंगलादेशले पहिलोपल्ट जित्यो उपाधि

घरेलु मैदानमै नेपाल पराजित, बंगलादेशले पहिलोपल्ट जित्यो उपाधि : Icon Khabar

काठमाडौं, भदौ १२ । साफ यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि बंगलादेशले जितेको छ । घरेलु टोली नेपाललाई ४–१ ले हराउँदै बंगलादेशले साफ यु–२० च्याम्पियनसिपको उपाधि जितेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज (बुधबार) भएको उपाधि भिडन्तमा बंगलादेशसँग ४–१ गोलले पराजित हुँदा नेपालको उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य पुरा हुन सकेन । बंगलादेशले भने पहिलो पटक साफ यू–२० को उपाधि जितेको हो ।

पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा बंगलादेशका लागि मिराजुल इस्लामले फ्रिकिकमा उत्कृष्ट गोल गरे । डिबक्स बाहिर प्राप्त फ्रिकिकमा उनले दोस्रो बार च्यापेर हानेको प्रहार पोलमा लागेर जाली चुम्यो । त्यसअघि राम थापाले मिराजुललाई लडाएपछि बंगलादेशले फ्रिकिक पाएको थियो ।

५५ मिनेटमा मिराजुलले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरे। उनले सिक्स यार्डमा प्राप्त पासमा हेडमार्फत गोल गरेका थिए । ७१ मिनेटमा बंगालदेशले तेस्रो गोल गर्‍यो । रोबी हुसनेले डिबक्स भित्रबाट उत्कृष्ट गोल गर्दा सातदोबाटोमा खेल हेर्न उपस्थित नेपाली दर्शक स्तब्ध बने ।

नेपालले ८१ मिनेटमा गोल फर्काउन सफल भयो । नेपालका लागि समिर तामाङले गोल गरेका थिए । १० मिनेट थपिएको दोस्रो हाफको इन्जुरी समयको छैटौं मिनेटमा बंगलादेशले चौथो गोल ग¥यो । सन् २०१५ र २०१७ को विजेता नेपालको तेस्रो उपाधि जित्ने अभियान भने सफल भएन । यसअघि तीन पटक उपविजेता भएको बंगलादेशले भने चौथो प्रयासमा उपाधि जितेको हो । बंगलादेश यसअघि २०१७, २०१९ र २०२२ मा उपविजेता बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
Published Date: 28 August 2024
Website | + posts




ताजा
कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबारको राशिफल
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित