अक्स्फोर्डमा प्यानल छलफल कार्यक्रम सम्पन्न

अक्स्फोर्डमा प्यानल छलफल कार्यक्रम सम्पन्न : Icon Khabar

काठमाडौँ, भाद्र १० । सल्लाघारीस्थित अक्स्फोर्ड प्राक्टिकल स्कूलमा यही श्रावण ७ गते प्यानल छलफलको आयोजना गरिएको छ। कक्षा ११ र १२ का युवा विद्यार्थी केन्द्रित ‘साइबर सुरक्षा र जिम्मेवारी’ विषय सो अन्तरक्रियात्मक बहस कार्यक्रममा कानुनविद , साइबर ब्युरो प्रतिनिधि, शिक्षक र विद्यार्थीहरुको हौसलापुर्ण उपस्थिति थियो।

अक्सफोर्ड प्राक्टिकल स्कूलका प्रिन्सिपल रवि दुवालको सभाध्यक्षतामा सञ्चालित सो कार्यक्रममा सम्पदा कानुनी सेवा भक्तपुरका अध्यक्ष तथा सञ्चालक अधिवक्ता विकास त्वँजुले साइबर कानुनको बारेमा विद्यार्थीहरुलाई परेका थिएँ । त्यस्तै प्रहरी प्रशासनिक संगठनको तर्फबाट साइबर ब्युरो जिल्ला प्रहरी परिसर भक्तपुरबाट सहि राम राउतको उपस्थिति थियो। विद्यार्थीहरूको प्यानलिस्ट टिममा कक्षा १२ कि छात्रा अनामिका बयलकोटी र कक्षा ११ का सोमबहादुर तामाङले साइबरको प्रयोगकर्ताको पक्षबाट वकालत गरेका थिएँ भने शिक्षक प्रतिनिधिमा शान्ता श्रेष्ठ थिई। त्यस्तै प्रहरी प्रशासनको पक्षबाट वकालत गर्दै कक्षा १२ र ११ बाट क्रमश: अश्लेषा बुढाथोकी र सारिका राई उपस्थित थिए जसमा वीरेन्द्र चौधरी शिक्षक प्रतिनिधिको रहेका थिए। शिक्षक प्रह्लाद लम्साल समन्वयकर्ता रहनुभएको उक्त कार्यक्रममा विद्यार्थीहरुले साइबर भनेको अति संवेदनशील विषय रहेको र यसको प्रयोगमा अति सजग हुन पर्ने कुराको बोध गरेका थिए।

कानुनले जे गर भनेको छ त्यो नगर्ने र जे नगर भनेको छ त्यो गर्ने व्यक्ति नै अपराधी हो भन्ने तर्क प्रस्तुत गर्दै अधिवक्ता विकास त्वँजुले साइबर अपराध गर्ने जो कोही पनि कानुनको दायरामा आउने प्रष्ट परेको थियो । त्यस्तै सहायक निरीक्षक राम राउतले साइबरको सुरक्षाका विभिन्न अत्यावश्यक तरिकाहरूको बारे बुँदागत एवं अनेकन् उदाहरणीय घटनाहरूको मार्फत विद्यार्थीहरूलाई परेको थियो। समुदाय, विद्यालय तथा कलेजहरूसँग समन्वय गरी साइबर प्रयोगकर्ताहरूको साइबर सुरक्षाका लागि र साइबर अपराध रोकथामका लागि यस किसिमका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नमा प्रहरी प्रशासनिक साइबर ब्युरो सदा कटिबद्ध रहेको समेत उनले बताए।

विद्यार्थी प्यानलिस्टहरूले साइबर प्रयोगकर्ता एबं प्रहरी प्रशासनको पक्षबाट छुट्टाछुट्टै वकालत गर्दै साइबरको सुरक्षात्मक उपायहरूको बारे छलफल गरेका थिए। त्यस्तै प्रयोगकर्ता स्वयं , अभिभावक, प्रहरी प्रशासन र कानुनका जानकारहरु जस्ता जिम्मेवार पक्षहरूले आपसी समन्वयकारी भूमिका खेल्नुपर्नेमा पनि छलफलले निष्कर्ष निकालेको थियो। दर्शकदीर्घामा उपस्थित रहेका विद्यार्थीहरू सितको सवाल जवाफ चरणमा साइबर प्रयोगकर्ता एबं संगठनले भोग्न परेको वर्तमान एवं भविष्यमा आइपर्ने चुनौतीका बारे थप छलफल भएको थियो। कार्यक्रमको अन्त्यमा सभाध्यक्ष रवि दुवालले बुँदागत रुपमा साइबर सुरक्षाको आवश्यकता, कारण र जिम्मेवार पक्षको भूमिकाबारे आफ्नो थप विचार प्रस्तुत गरेका थिए । साथै साइबर सुरक्षाका निम्ति अक्स्फोर्ड प्राक्टिकल स्कूल सदा जागरुक रहेको र आफ्ना विद्यार्थी तथा समुदायका निम्ति यस किसिमको चेतनामूलक कार्यक्रम सञ्चालनमा सदा तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रमलाई समापन गरियो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 August 2024
Website | + posts