सुनकोशीमा खसेको गाडी भेटियो, भक्तपुरका ३ व्यक्ति भने अझै बेपत्ता

सुनकोशीमा खसेको गाडी भेटियो, भक्तपुरका ३ व्यक्ति भने अझै बेपत्ता : Icon Khabar

सिन्धुली, भदौ ९ । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको जिपलाई गोताखोरको टोलीले फेला पारेको छ । तर त्यो जिपमा सवार तीन जना भने अझै पनि बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द काफ्लेका अनुसार आज बिहानपख २ बजेतिर गाडि फेला पारिएको हो । ‘गाडि त भेटियो तर मान्छे अझै भेटिएका छैनन्,’ एसपी काफ्लेले भने, ‘खोजी कार्य जारी छ ।’

खोटाङको हलेसीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ६३६६ नम्बरको इसुजु गाडि शनिबार साँझ करिब साढे ५ बजेतिर सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको थियो ।

प्रहरीका अनुसार सो गाडी सुनकोशी नदीमा खस्दा भक्तपुर सूर्यविनायक नगरपालिका जगाती बस्ने ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता छन् ।

सँगै गाडीमा सवार २७ वर्षीय सुशान्त कक्षपतिले भने दुर्घटनामा बचेका छन् । अरु तीन जना बेपत्ता छन् । प्रहरी अधिकारीहरूले खोजी कार्य जारी राखेको छ । दुर्घटनामा बाँचेका सुशान्त सँगै गाडीमा आएका साथीहरू नदीमा बिलाउँदा खोलाबाट निस्किए । उनलाई आफू कसरी निस्किएँ र साथीहरू कहाँ पुगे थाहा छैन । सुनकोसी नदीबाट बाहिर निस्किएपछि केहीबेर उनी बोल्न सकेनन् । घटनास्थलमा उपस्थित सर्वसाधरणले उनलाई कति जना सवार थिए, कहाँबाट आएको ? कसरी यस्तो भयो ? लगायतका प्रश्न गरे । तर, उनी केहीबेर आफन्तलाई फोन लगाइ दिन मात्रै आग्रह गरिएको भिडियोमा देखिन्छ ।

दुर्घटनास्थलबाट स्थानीय गणेश खड्काले सामाजिक सञ्जालमा राखेको भिडिओमा घाइते सुशान्त फोनमा कोही मान्छेसँग बोलिरहेका थिए । उनले ‘अंकल’ सम्बोधन गर्दै फोनमा भनेका छन्, ‘म मात्रै निस्कें । कसरी निस्कें मलाई थाहा छैन ।’ साथीहरू गुमाएका उनी दुर्घटना सम्झँदै निकैबेर भावविह्वल बनेका थिए ।

Published Date: 25 August 2024


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु