सुनकोशीमा खसेको गाडी भेटियो, भक्तपुरका ३ व्यक्ति भने अझै बेपत्ता

सुनकोशीमा खसेको गाडी भेटियो, भक्तपुरका ३ व्यक्ति भने अझै बेपत्ता : Icon Khabar

सिन्धुली, भदौ ९ । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको जिपलाई गोताखोरको टोलीले फेला पारेको छ । तर त्यो जिपमा सवार तीन जना भने अझै पनि बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द काफ्लेका अनुसार आज बिहानपख २ बजेतिर गाडि फेला पारिएको हो । ‘गाडि त भेटियो तर मान्छे अझै भेटिएका छैनन्,’ एसपी काफ्लेले भने, ‘खोजी कार्य जारी छ ।’

खोटाङको हलेसीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ६३६६ नम्बरको इसुजु गाडि शनिबार साँझ करिब साढे ५ बजेतिर सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको थियो ।

प्रहरीका अनुसार सो गाडी सुनकोशी नदीमा खस्दा भक्तपुर सूर्यविनायक नगरपालिका जगाती बस्ने ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता छन् ।

सँगै गाडीमा सवार २७ वर्षीय सुशान्त कक्षपतिले भने दुर्घटनामा बचेका छन् । अरु तीन जना बेपत्ता छन् । प्रहरी अधिकारीहरूले खोजी कार्य जारी राखेको छ । दुर्घटनामा बाँचेका सुशान्त सँगै गाडीमा आएका साथीहरू नदीमा बिलाउँदा खोलाबाट निस्किए । उनलाई आफू कसरी निस्किएँ र साथीहरू कहाँ पुगे थाहा छैन । सुनकोसी नदीबाट बाहिर निस्किएपछि केहीबेर उनी बोल्न सकेनन् । घटनास्थलमा उपस्थित सर्वसाधरणले उनलाई कति जना सवार थिए, कहाँबाट आएको ? कसरी यस्तो भयो ? लगायतका प्रश्न गरे । तर, उनी केहीबेर आफन्तलाई फोन लगाइ दिन मात्रै आग्रह गरिएको भिडियोमा देखिन्छ ।

दुर्घटनास्थलबाट स्थानीय गणेश खड्काले सामाजिक सञ्जालमा राखेको भिडिओमा घाइते सुशान्त फोनमा कोही मान्छेसँग बोलिरहेका थिए । उनले ‘अंकल’ सम्बोधन गर्दै फोनमा भनेका छन्, ‘म मात्रै निस्कें । कसरी निस्कें मलाई थाहा छैन ।’ साथीहरू गुमाएका उनी दुर्घटना सम्झँदै निकैबेर भावविह्वल बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
30
+1
1
+1
1
+1
3
Published Date: 25 August 2024
Website | + posts
ताजा
सरस्वती माताको स्तुतिमा तयार गरिएको भजन ‘विद्याकी देवी सरस्वती माता’ सार्वजनिक
स्वास्थ्य बीमा बोर्डले भुक्तानी रकम दिन नसकको अवस्थामा बोर्डका कार्यकारी निर्देशक डा काफ्लेले दिए राजीनामा
नारायणकाजी श्रेष्ठले दिए राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा
टी २० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग पराजित


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध