सुनको भाउ आज तोलामा ११ सय रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा ११ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, भदौ ६ । सुनको भाउ आज तोलामा ११ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले घटेर १ लाख ५१ हजार ९०० रुपैयाँ कायम भएको छ ।

यसअघि बुधबार (भदौ ५ गते) सुनको मूल्यमा रेकर्ड कायम भएको थियो ।

सो दिन छापावाल सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो । यता, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १८ सय ३० रुपैयाँ कायम भएको छ ।

यसअघि बुधबार चाँदीको भाउ प्रतितोला १८ सय ३५ रुपैयाँ रहेको थियो ।

Published Date: 22 August 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास