समूह विजेता बन्न नेपाल आज बंगलादेशसँग भिड्दै

समूह विजेता बन्न नेपाल आज बंगलादेशसँग भिड्दै : Icon Khabar

काठमाडौं, भदौ ६ । साफ यू–२० च्याम्पियनसिपमा आज (बिहीबार) नेपाल र बंगलादेशबीच खेल हुँदैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने आजको खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेल खेल्न लागेको नेपाल दोस्रो जितको खोजीमा रहने छ ।

नेपालले आजको खेल जितेमा समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गर्नेछ । यसअघि उदघाटन खेलमा नेपालले श्रीलङ्कालाई १–० गोलले पराजित गरेको थियो ।

बंगलादेशको गोल अन्तर राम्रो रहेकोले नेपालसँग बराबरी खेले पनि समूह ‘ए’ को विजेता बन्ने छ । नेपालको लागि भने समूह विजेता बन्न बंगलादेशलाई हराउनै पर्नेछ ।

Published Date: 22 August 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास