तस्बिरमा भक्तपुरको सापारु २०८१ (फोटो फिचर)

तस्बिरमा भक्तपुरको सापारु २०८१ (फोटो फिचर) : Icon Khabar

भक्तपुर, भदौ ४ । आज काठमाडौँ उपत्यकामा सापारु पर्व मनाइदैछ। उपत्यकाको तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरको सापारू मध्य भक्तपुरको सापारु अझ विशेष हुने गर्दछ। भक्तपुरको सापारुमा भक्तपुर नगरपरिक्रमा गर्ने क्रममा घिन्ताङघिसी नाचले अझ विशेष बनाएको हुन्छ ।

भक्तपुरमा आठ दिनसम्म चल्ने यस पर्वको छुट्टै रौनक र आकर्षण छ । एक वर्षभित्र मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाको साँचा अर्थात डोकोलाई गाईको रुपमा सिंगारेर नगर परिक्रमा गरिन्छ भने उमेर पुगेका व्यक्तिहरुको ताहामच्चा अर्थात चार वटा बाँस प्रयोग गरी गाईको प्रतीक बनाई नगर परिक्रमा गरिन्छ ।

घिन्ताङघिसीको साथै माँक प्याखँ अर्थात् बाँदर नाच यहाँको अर्को विशेषता हो । ताहामचा वनाई नगर परिक्रममा गराउनेलाई श्रद्धालुहरुले फलफूल, रोटी, चिउरा दहीका साथै अन्न र द्रव्य दान गर्दछन् । आज दिनभर विभिन्न बाजागाजा सहित भक्तपुरमा सापारु मनाइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 August 2024
Website | + posts




ताजा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने
विश्वभर तीव्र रूपमा बढ्दैछ प्राणघातक रोग क्यान्सर
विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित