स्पानिस ला लिगाको नयाँ सिजन आजदेखि सुरु हुँदै

स्पानिस ला लिगाको नयाँ सिजन आजदेखि सुरु हुँदै : Icon Khabar

काठमाडौं, साउन ३१ । स्पानिस ला लिगाको नयाँ सिजन २०२४-२५ आजदेखि सुरु हुँदैछ ।

एथ्लेटिक विल्वाओ र गेटाफेबीच सिजनको पहिलो खेल हुनेछ । उक्त खेल एथ्लेटिक क्लबको मैदान सान माम्स बारियामा नेपाली समय अनुसार राति १०:४५ बजे सुरु हुनेछ ।

दुवै टोली जितबाट नयाँ सिजनको सुरुआत गर्ने लक्ष्यमा छन् । २० टोली सहभागी लिगमा साविक विजेता रियल मड्रिड उपाधि रक्षा गर्ने अभियानमा हुनेछ । रियललाई बार्सिलोना र छिमेकी एट्लेटिको मड्रिडले चुनौती दिनेछ ।

लेगानेस, भाल्लाडोलिड र स्पानयोल दोस्रो श्रेणीबाट बढुवा हुँदै यस सिजन ला लिगा खेल्दैछन् । अघिल्लो सिजन ला लिगा खेलेका अल्मेरिया, ग्रानाडा र क्याडिज भने रेलिगेसनमा परेका थिए ।

Published Date: 15 August 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय