आजकाे मौसम पूर्वानुमान: चार प्रदेशमा भारी वर्षाको सम्भावना

आजकाे मौसम पूर्वानुमान: चार प्रदेशमा भारी वर्षाको सम्भावना : Icon Khabar

काठमाडौं, साउन ३१ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ । बागमती र सुदूरपश्चिम  प्रदेशका  थोरै  स्थानहरूमा  तथा बाँकी  प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज (बिहीबार) दिउँसो देशभर साधरणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति देशभर साधरणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका  एक–दुई स्थानमा  भारी वर्षाको पनि सम्भावना रहेको छ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका  एक–दुई स्थानमा  भारी वर्षाको  सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । पछिल्लो चौबीस घण्टामा ओखलढुंगामा ८१.६, संखुवासभाको खाँदबारीमा ६२.४, सुनसरीको धरानमा ५२, खोटाङको ऐँसेलुखर्कमा ५४.४, दोलखाको सिँगटीमा ५५.८, बैतडीको सिद्धपुरमा ४५ मिलिमिटर वर्षा भएको छ ।

Published Date: 15 August 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक