टीआरसी धेरै देशको चासोमा छ, यही अधिवेशनमा पारित गर्छौं : प्रधानमन्त्री

टीआरसी धेरै देशको चासोमा छ, यही अधिवेशनमा पारित गर्छौं : प्रधानमन्त्री : Icon Khabar

काठमाडौं, साउन २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रियालाई सफलताका साथ निष्कर्षमा पुर्‍याउने बताएका छन् ।

आज (मंगलबार) महान्यायधीवक्ता कार्यालयमा आयोजित सरकारी वकिलहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विषय (टीआरसी) मा विभिन्न देशले चासो व्यक्त गरिरहेको भन्दै सफलताका साथ निष्कर्षमा पुर्‍याउने बताएका हुन् । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा पेस भएको भन्दै प्रधानमन्त्री ओलीले यही अधिवेशनबाट पारित गर्ने बताए ।

उनले उक्त विधेयक पीडितमैत्री र पीडित केन्द्रित भएर बनाइएको भन्दै कोशेढुंगाको रूपमा पारित हुने बताए । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सामाजिक मूल्य मान्यता तोड्ने प्रयास भइरहेको टिप्पणी गरे । उनले वर्तमान सरकारले देशविरोधी काम नगर्ने र विकासको कामलाई सकारात्मक ढंगले अघि बढाउने उल्लेख गरे ।

उनले अहिलेको सरकारले आलोचना गर्ने ठाउँ नदिने गरी काम गर्ने समेत दावी गरे । प्रधानमन्त्री ओलीले यसअघि सरकारमा रहँदा गरेका कामहरू गौरवबोध गर्ने प्रकारकै रहेको दाबी गरे । उनले अहिले फोटो टास्नका लागि नभई सकारात्मक काम गर्नका लागि प्रधानमन्त्री पद सम्हालेको पनि बताएका छन् ।

Published Date: 13 August 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु