टीआरसी धेरै देशको चासोमा छ, यही अधिवेशनमा पारित गर्छौं : प्रधानमन्त्री

टीआरसी धेरै देशको चासोमा छ, यही अधिवेशनमा पारित गर्छौं : प्रधानमन्त्री : Icon Khabar

काठमाडौं, साउन २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रियालाई सफलताका साथ निष्कर्षमा पुर्‍याउने बताएका छन् ।

आज (मंगलबार) महान्यायधीवक्ता कार्यालयमा आयोजित सरकारी वकिलहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विषय (टीआरसी) मा विभिन्न देशले चासो व्यक्त गरिरहेको भन्दै सफलताका साथ निष्कर्षमा पुर्‍याउने बताएका हुन् । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा पेस भएको भन्दै प्रधानमन्त्री ओलीले यही अधिवेशनबाट पारित गर्ने बताए ।

उनले उक्त विधेयक पीडितमैत्री र पीडित केन्द्रित भएर बनाइएको भन्दै कोशेढुंगाको रूपमा पारित हुने बताए । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सामाजिक मूल्य मान्यता तोड्ने प्रयास भइरहेको टिप्पणी गरे । उनले वर्तमान सरकारले देशविरोधी काम नगर्ने र विकासको कामलाई सकारात्मक ढंगले अघि बढाउने उल्लेख गरे ।

उनले अहिलेको सरकारले आलोचना गर्ने ठाउँ नदिने गरी काम गर्ने समेत दावी गरे । प्रधानमन्त्री ओलीले यसअघि सरकारमा रहँदा गरेका कामहरू गौरवबोध गर्ने प्रकारकै रहेको दाबी गरे । उनले अहिले फोटो टास्नका लागि नभई सकारात्मक काम गर्नका लागि प्रधानमन्त्री पद सम्हालेको पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 August 2024
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३१.७८ अंकले बढ्यो
आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान
ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि…
भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला