एएफसी च्यालेञ्ज लिग : आज चर्च ब्वाइज र पारो भिड्ने

एएफसी च्यालेञ्ज लिग : आज चर्च ब्वाइज र पारो भिड्ने : Icon Khabar

काठमाडौँ, साउन २९ । एएफसी च्यालेञ्ज लिगको प्रारम्भिक चरणमा आज (मंगलबार) चर्च ब्वाइज युनाइटेड र भुटानको लिग च्याम्पियन ‘पारो एफसी’ बीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । चर्च ब्वाइजका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले च्यालेञ्ज लिग खेल्न आफ्नो टोली तयार रहेको जानकारी दिएका छन् ।

कप्तान अनन्त तामाङले पनि आफ्नो टोली शारीरिक र मानसिक रूपमा भुटानसँग खेल्नका लागि तयार रहेको बताए । पारोका प्रशिक्षक पुष्पलाल शर्माले टिमको संयोजन राम्रो रहेको भन्दै खेल रोचक बन्ने बताएका छन् ।

गत वर्ष पनि पारो एफसी कप छनोट खेल खेल्न नेपाल आएको थियो । त्यतिबेला पारो मछिन्द्र क्लबसँग पराजित भएको थियो । जापानका स्टार फुटबल खेलाडी केइसुके होण्डाले  आज नेपालविरुद्ध खेल्ने भएकाले खेल निकै रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।  दुवै खेलका विजेताले अघिल्लो चरणको यात्रा तय गर्नेछन् ।

अघिल्लो सिजनमा नेपालको क्लब मच्छिन्द्र क्लबले पारोलाई हराउँदै दोस्रो चरणको यात्रा तय गरेको थियो । त्यो सफलता जारी राख्न चर्च ब्वाइजले बलियो टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ ।  पछिल्लो सिजनको तुलनामा योपटक बलियो देखिएको टोली पारो नेपालको नयाँ लिग च्याम्पियन चर्च ब्वाइजका लागि चुनौती बन्न सक्ने अनुमान गरिएको छ ।

Published Date: 13 August 2024


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?