एएफसी च्यालेञ्ज लिग : आज चर्च ब्वाइज र पारो भिड्ने

एएफसी च्यालेञ्ज लिग : आज चर्च ब्वाइज र पारो भिड्ने : Icon Khabar

काठमाडौँ, साउन २९ । एएफसी च्यालेञ्ज लिगको प्रारम्भिक चरणमा आज (मंगलबार) चर्च ब्वाइज युनाइटेड र भुटानको लिग च्याम्पियन ‘पारो एफसी’ बीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । चर्च ब्वाइजका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले च्यालेञ्ज लिग खेल्न आफ्नो टोली तयार रहेको जानकारी दिएका छन् ।

कप्तान अनन्त तामाङले पनि आफ्नो टोली शारीरिक र मानसिक रूपमा भुटानसँग खेल्नका लागि तयार रहेको बताए । पारोका प्रशिक्षक पुष्पलाल शर्माले टिमको संयोजन राम्रो रहेको भन्दै खेल रोचक बन्ने बताएका छन् ।

गत वर्ष पनि पारो एफसी कप छनोट खेल खेल्न नेपाल आएको थियो । त्यतिबेला पारो मछिन्द्र क्लबसँग पराजित भएको थियो । जापानका स्टार फुटबल खेलाडी केइसुके होण्डाले  आज नेपालविरुद्ध खेल्ने भएकाले खेल निकै रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।  दुवै खेलका विजेताले अघिल्लो चरणको यात्रा तय गर्नेछन् ।

अघिल्लो सिजनमा नेपालको क्लब मच्छिन्द्र क्लबले पारोलाई हराउँदै दोस्रो चरणको यात्रा तय गरेको थियो । त्यो सफलता जारी राख्न चर्च ब्वाइजले बलियो टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ ।  पछिल्लो सिजनको तुलनामा योपटक बलियो देखिएको टोली पारो नेपालको नयाँ लिग च्याम्पियन चर्च ब्वाइजका लागि चुनौती बन्न सक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 August 2024
Website | + posts