काठमाडौँ, साउन २५ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०५ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६५ रुपैयाँ रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.१७ रुपैयाँ रहेको छ भने बिक्री दर १७०.९३ रुपैयाँ रहेको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४६.४८ रुपैयाँ र बिक्री दर १४७. १४ रुपैयाँ रहँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८७. ८५ रुपैयाँ रहेको छ । आज अस्ट्रेलियन डलर एकको बिक्री दर ८८.२४ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.७२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.९६ रुपैयाँ रहेको छ भने बिक्री ३०.०९ रुपैयाँ रहेको छ ।
Published Date: 09 August 2024-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news