प्रधानमन्त्री ओली नेपाल र भारतबीच हुने काभा वुमन्सको फाइनल खेल हेर्न जाने

प्रधानमन्त्री ओली नेपाल र भारतबीच हुने काभा वुमन्सको फाइनल खेल हेर्न जाने : Icon Khabar

काठमाडौं, साउन २३ । नेपाल र भारतबीच हुने काभा वुमन्स नेसन्स लिगको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी ओली जाने भएका छन् ।

उपाधिका लागि नेपालले आज साँझ ५ बजे भारतसँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा हुनेछ । नेपाल इरानसँग लिगचरणको बदला लिंदै फाइनलसम्म आइपुगेको हो भने भारतले श्रीलंकालाई हराएर फाइनलमा स्थान पक्का गरेको हो ।

सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभ खेल्दै घरेलु मैदानमै उपाधि गुमाएको नेपाली टोलीलाई यो बदला लिने अवसर हो । लिग चरणमा भारतलाई पराजित गरेको नेपालको मनोवल उच्च छ ।

Published Date: 07 August 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक