आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौँ, साउन २३ । आज २०८१ साउन २३ गते बुधबार, तद्अनुसार ७ अगष्ट २०२४ । आज पिङगल नाम संवत्सर सूर्य, उत्तरायणं ग्रीष्म ऋतु, श्रावण शुक्ल तृतीया, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र, परिधि योग, तैतल करण, सूर्योदय बिहान ०५ः३० बजे, सूर्यास्त साँझ १८ः४८ बजे, आज जन्म लिने शिशू सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय साँझ १७ः३० बजेदेखि १९ः१० मिनेटसम्म छ ।

आजको राशिफल

मेष: पारिवारिक सुख–शान्ति कायम रहने छ । कुनै प्रभावशाली व्यक्तिको सहयोग प्राप्त हुनेछ । पूजा–पाठमा मन लाग्ने छ ।

वृष: स्वास्थ्य कमजोर रहने छ । कार्य गर्दा लापरवाही नगर्नु होला । पारिवारिक सहयोग पाइने छ ।

मिथुन: घर–परिवारको चिन्ता रहने छ । कुनै वरिष्ठ व्यक्तिको मार्गदर्शन तथा सहयोग प्राप्त हुनेछ । जीवनसाथीबाट सहयोग पाइने छ । घर–परिवारमा प्रसन्नता रहने छ ।

कर्कट: लेन–देनमा हतार न गर्नु होला । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । आम्दानीमा वृद्धि हुनेछ ।

सिंह: रचनात्मक कार्य सफल हुनेछ । कुनै प्रबुद्ध व्यक्तिको मार्गदर्शन प्राप्त हुनेछ । यात्रा मनोरञ्जक रहने छ ।

कन्या: मेहनत बढी गर्नु पर्नेछ । स्वास्थ्य कमजोर रहने छ । हतारमा कुनै पनि महत्वपूर्ण निर्णय नलिनु होला ।

तुला: सामाजिक कार्य गर्न मन लाग्ने छ । अरुलाई सहयोग गर्न सक्नु हुनेछ । मान–सम्मान प्राप्त हुनेछ । मनोरञ्जक यात्रा हुनसक्छ ।

वृश्चिक: उत्साहवर्धक सूचना प्राप्त हुनेछ । कुनै नयाँ ठूलो काम गर्ने योजना बन्ने छ । लाभमा वृद्धि हुनेछ । समय प्रसन्नतापूर्वक व्यतीत हुनेछ ।

धनु: कुनै ठूलो समस्याको हल निस्कने छ । व्यावसायिक साझेदारले पूर्ण सहयोग गर्नेछन् । यात्रा मनोरञ्जक रहने छ ।

मकर: स्वास्थ्यलाई प्राथमिकता दिनु होला । लेन–देनमा हतार नगर्नु होला । अनावश्यक खर्च गर्नबाट जोगिनु होला ।

कुम्भ: आम्दानीमा वृद्धि हुनेछ । प्रसन्नता रहने छ । मनोरञ्जक यात्राको योजना बन्ने छ । भाग्यको साथ पाइने छ ।

मीन : मान–सम्मान पाइने छ । योजना पूरा हुनेछ । घर–परिवारसंग साथ आराम तथा मनोरञ्जनसंग व्यतीत हुनेछ ।

Published Date: 07 August 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास