काठमाडौँ, साउन २० । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.७१ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.३१ रुपैयाँ रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.४६ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.२३ रुपैयाँ रहेको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.८८ रुपैयाँ र बिक्री दर १४५. ५३ रुपैयाँ रहँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८७.१० रुपैयाँ रहेको छ । आज अस्ट्रेलियन डलर एकको बिक्री दर ८७.४९ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.६३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.७३ रुपैयाँ रहेको छ भने बिक्री २९.८६ रुपैयाँ रहेको छ ।
Published Date: 04 August 2024-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news