बंगलादेशमा विद्यार्थी र प्रहरीबीच फेरि हिंसा सुरु, प्रदर्शनमा २०० भन्दा बढीको मृत्यु

बंगलादेशमा विद्यार्थी र प्रहरीबीच फेरि हिंसा सुरु, प्रदर्शनमा २०० भन्दा बढीको मृत्यु : Icon Khabar

काठमाडौं, साउन १७ । बंगलादेशमा विद्यार्थी र प्रहरीबीच फेरि हिंसा सुरु भएको छ । सरकारी जागिरमा आरक्षणको व्यवस्था हटाउनुपर्ने मागसहित विद्यार्थीहरूले प्रदर्शन गर्दा २०० भन्दा बढीको मृत्यु भइसकेको छ ।

पाकिस्तानविरुद्ध स्वतन्त्रताको लडाइँ लडेकाका परिवारलाई सरकारी जागिरमा ३० प्रतिशत आरक्षणको व्यवस्थालाई सर्वोच्च अदालतले खारेज गरी ५ प्रतिशतमा सीमित गरिदिएपछि हिंसा केही मत्थर भएको थियो ।

विद्यार्थीहरू आन्दोलनको क्रममा घाइते र मृत्यु भएकाका परिवारलाई भेट्नमा व्यस्त थिए । त्यही क्रममा राजधानी ढाकासहितका शहरहरुमा फेरि हिंसा सुरु भएको हो ।

उत्तरपूर्वी नगर सिलहटका एक अधिकारीलाई बीबीसीले उद्धृत गर्दै लेखेअनुसार प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले बल प्रयोग गरेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौं राउण्ड अश्रुग्याँस प्रहार गरेको छ ।

Published Date: 01 August 2024


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी