बंगलादेशमा विद्यार्थी र प्रहरीबीच फेरि हिंसा सुरु, प्रदर्शनमा २०० भन्दा बढीको मृत्यु

बंगलादेशमा विद्यार्थी र प्रहरीबीच फेरि हिंसा सुरु, प्रदर्शनमा २०० भन्दा बढीको मृत्यु : Icon Khabar

काठमाडौं, साउन १७ । बंगलादेशमा विद्यार्थी र प्रहरीबीच फेरि हिंसा सुरु भएको छ । सरकारी जागिरमा आरक्षणको व्यवस्था हटाउनुपर्ने मागसहित विद्यार्थीहरूले प्रदर्शन गर्दा २०० भन्दा बढीको मृत्यु भइसकेको छ ।

पाकिस्तानविरुद्ध स्वतन्त्रताको लडाइँ लडेकाका परिवारलाई सरकारी जागिरमा ३० प्रतिशत आरक्षणको व्यवस्थालाई सर्वोच्च अदालतले खारेज गरी ५ प्रतिशतमा सीमित गरिदिएपछि हिंसा केही मत्थर भएको थियो ।

विद्यार्थीहरू आन्दोलनको क्रममा घाइते र मृत्यु भएकाका परिवारलाई भेट्नमा व्यस्त थिए । त्यही क्रममा राजधानी ढाकासहितका शहरहरुमा फेरि हिंसा सुरु भएको हो ।

उत्तरपूर्वी नगर सिलहटका एक अधिकारीलाई बीबीसीले उद्धृत गर्दै लेखेअनुसार प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले बल प्रयोग गरेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौं राउण्ड अश्रुग्याँस प्रहार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 August 2024
Website | + posts




ताजा
रियल म्याड्रिडद्वारा बार्सिलोना २–१ ले पराजित
आमादब्लम हिमाल आरोण गर फर्किने क्रममा घाइते भएका आरोहिको मृत्यु
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने