भृकुटी मण्डपमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रोनिक्स प्रदर्शनी हुने

भृकुटी मण्डपमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रोनिक्स प्रदर्शनी हुने : Icon Khabar

काठमाडौं, साउन १७ । भृकुटी मण्डपमा भदौ २१ देखि २३ सम्म ३ दिन अन्तर्राष्ट्रिय प्रदर्शन हुन गइरहेको छ।

मीडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स तथा एक्जीबीसन एंड ट्रेड सर्विसेस इंडिया प्रा लि को सयुक्त आयोजनामा यही भाद्र २१, २२ र २३ गते काठमाडौँ,भृकुटीमण्डपमा तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अपलायनसेस अन्तराष्ट्रिय प्रदर्शनी आयोजना हुन गइरहेकोे छ।

तेस्रो पटक आयोजना हुन गइरहेकोे यस प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने छन् । यस प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवं नवीनतम प्रविधिका ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनीक प्रकारका स्वीचहरु, एलइडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, चारजिङ्ग स्टेशन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरुको सहभागिता रहनेछ ।

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रीक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रबिधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसायिक प्रबर्द्धन गर्नुको साथै यी उद्योगमा भएका नविनतम उपलब्धीहरू बारे सूचना आदान प्रदान गर्ने तथा उपभोक्ता वर्गमा उर्जाको व्यवस्थित खपतको महत्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पुयाउने लक्ष्य यस संस्करणको रहेको आयोजकले जनाएका छन् ।

नेपाल इलेक्ट्रिक इलेक्ट्रोनीक्स, पावर, लाइट तथा कन्जुमर इलेक्ट्रोनीक्स एंड होम अपलायनसेस प्रदर्शनीले आधारभूत रूपमा तीन सोचहरूको समायोजन गर्न खोजेको छ – प्रदर्शनी, सम्मेलन र साझेदारी । यी तीन सोचहरूबाट नेपालमा विद्युत, विद्युतीय उपकरण, घरायसी प्रयोग हुने विद्युतीय सामग्रीहरू तथा उर्जासँग आबद्ध विभिन्न उद्योगहरूले आपसी साझेदारी गर्ने, सम्बन्ध बढाउने तथा व्यवसायका अवसरहरू निर्माण गर्ने केन्द्रको भूमिका निर्वाह गर्ने आयोजकले विश्वास लिएका छन् ।

Published Date: 01 August 2024


ताजा
मन्त्री र मुख्यसचिवसँग प्रधानमन्त्रीको कार्यसम्पादन सम्झौता
डाटा अफ गरेको बेला पनि ‘मेन ब्यालेन्स’बाट रकम किन काटियो? दूरसञ्चारले सोध्यो एनसेललाई स्पष्टीकरण
बुधबार सेयरबजार परिसूचक नेप्से स्थिर
पछिल्लो चार महिनामा ११ हजार सरकारी कर्मचारी कारबाहीमा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली