काठमाडौँ, साउन १६ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.६७ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.२७ रुपैयाँ रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१.७९ रुपैयाँ रहेको छ भने बिक्री दर १७२.५६ रुपैयाँ रहेको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.७५ रुपैयाँ र बिक्री दर १४५.४० रुपैयाँ रहँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८७.४१ रुपैयाँ रहेको छ । आज अस्ट्रेलियन डलर एकको बिक्री दर ८७.८० रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.६३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.९२ रुपैयाँ रहेको छ भने बिक्री २९.०५ रुपैयाँ रहेको छ ।
Published Date: 31 July 2024-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news