कीर्तिपुर नगरपालिकाका प्रमुखको निधन

कीर्तिपुर नगरपालिकाका प्रमुखको निधन : Icon Khabar

काठमाडौं, साउन ११ । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको दुखद निधन भएको छ । यसैबीच, दिवंगत नगर प्रमुख नकर्मीको पार्थिव शरीरलाई अहिले बिहान ९ बजेदेखि नगरपालिका ल्याउन तयारी भैरहेको छ । ६० वर्षिय नगर प्रमुख नकर्मीलाई बिहीवार राति ८ बजे उपचारमा संलग्न डाक्टरद्वारा मृत घोषणा गरिएको वडा नम्बर ७ का अध्यक्ष दिवाकर अधिकारीले पुष्टि गरेका छन् ।

नगर प्रमुख नकर्मी विगत लामो समयदेखि मृगौलाको समस्याका कारण उपचार गराउँदै आएका थिए । कीर्तिपुर नगरपालिकाले बिहीवार एउटा प्रेस विज्ञप्ती जारी गर्दै स्वास्थ्यमा थप समस्या आएकाले वीर अस्पताल, काठमाडौंको सघन उपचार कक्ष (आइसीयू) मा उपचारका लागि भर्ना गरिएको जनाएको थियो । उपचारकै क्रममा नगर प्रमुख नकर्मीको निधन भएको हो ।

स्वास्थ्यमा जटिलता आएपछि उनलाई वीर अस्पतालको आइसीयूमा सारिएको थियो । मिर्गौलामा समस्या आएपछि उनी साउन २ गतेदेखि वीर अस्पतालमा भर्ना गरिएको थियो ।

कीर्तिपुर नगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता शाक्यका अनुसार प्रमुख नकर्मीलाई पहिलादेखि नै मृर्गौला सम्बन्धी समस्या थियो, शुक्रवारदेखि गाह्रो भएर आइसीयूमा राखिएका थियो ।’ मेयर नकर्मीले आफ्नो स्वास्थ्यमा निरन्तर समस्या आएपछि साउन १ गतेदेखि नै शाक्यलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएका थिए ।

Published Date: 26 July 2024


ताजा
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर
नेपालमा तीन वटा मौसम प्रणालीको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग