कीर्तिपुर नगरपालिकाका प्रमुखको निधन

कीर्तिपुर नगरपालिकाका प्रमुखको निधन : Icon Khabar

काठमाडौं, साउन ११ । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको दुखद निधन भएको छ । यसैबीच, दिवंगत नगर प्रमुख नकर्मीको पार्थिव शरीरलाई अहिले बिहान ९ बजेदेखि नगरपालिका ल्याउन तयारी भैरहेको छ । ६० वर्षिय नगर प्रमुख नकर्मीलाई बिहीवार राति ८ बजे उपचारमा संलग्न डाक्टरद्वारा मृत घोषणा गरिएको वडा नम्बर ७ का अध्यक्ष दिवाकर अधिकारीले पुष्टि गरेका छन् ।

नगर प्रमुख नकर्मी विगत लामो समयदेखि मृगौलाको समस्याका कारण उपचार गराउँदै आएका थिए । कीर्तिपुर नगरपालिकाले बिहीवार एउटा प्रेस विज्ञप्ती जारी गर्दै स्वास्थ्यमा थप समस्या आएकाले वीर अस्पताल, काठमाडौंको सघन उपचार कक्ष (आइसीयू) मा उपचारका लागि भर्ना गरिएको जनाएको थियो । उपचारकै क्रममा नगर प्रमुख नकर्मीको निधन भएको हो ।

स्वास्थ्यमा जटिलता आएपछि उनलाई वीर अस्पतालको आइसीयूमा सारिएको थियो । मिर्गौलामा समस्या आएपछि उनी साउन २ गतेदेखि वीर अस्पतालमा भर्ना गरिएको थियो ।

कीर्तिपुर नगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता शाक्यका अनुसार प्रमुख नकर्मीलाई पहिलादेखि नै मृर्गौला सम्बन्धी समस्या थियो, शुक्रवारदेखि गाह्रो भएर आइसीयूमा राखिएका थियो ।’ मेयर नकर्मीले आफ्नो स्वास्थ्यमा निरन्तर समस्या आएपछि साउन १ गतेदेखि नै शाक्यलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 July 2024
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३२ अंकले घट्यो
कक्षा ११ को अध्ययनका लागि श्री पद्म माध्यमिक विद्यालय नै किन ?
स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डलबाहेक गएका सबैको छानबिन गर्न गृहमन्त्रीको निर्देशन
भक्तपुर झौखेलको हरियाली: असारमा रोपाइँ सकेपछि देखिएको रमणीय दृश्य (फोटो फिचर)










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला