आज शुक्रबारको राशिफल

आज शुक्रबारको राशिफल : Icon Khabar

काठमाडौं, साउन ११ । आज २०८१ साउन ११ गते शुक्रवार, तद्अनुसार जुलाई २६, २०२४, नेपाल सम्वत् ११४४ दिल्लागा षष्ठी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण कृष्ण पञ्चमी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, सुकर्मा योग, गर करण । सूर्योदय बिहानः ०५ः२३ बजे, सूर्यास्त साँझ १८ः५६, आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात अथवा शुभ यात्रामा निस्कँदा आजका लागि शुभ समय बिहान ०७ बजेर ०५ मिनेट देखि ०८ बजेर ४७ मिनेटसम्म छ ।

आजको राशिफल

मेष: घर–गृहस्थीको वातावरण निकै राम्रो हुनेछ । परिवारमा सुखद समय बिताउनु हुनेछ । स्वास्थ्यमा ध्यान दिनु पर्नेछ ।

वृष: प्रेम जीवन चिन्ताजनक रहने छ । आत्मविश्वासको कमी रहने छ । स्वास्थ्यमा सुधार आउने छ ।

मिथुन: भाइ–बहिनी तथा आफन्तसंग मनमुटाव रहन सक्छ । कार्यस्थलमा सम्हालिएर काम गर्नु होला । आत्म–सम्मानमा ठेस लाग्न सक्छ ।

कर्कट: कामकाजमा केही वाधा उत्पन्न हुन सक्ने छ । समस्याहरु समाधान गर्न मेहनत गर्नु पर्नेछ । कुनै पनि कार्यमा छोटो बाटो नअपाउनु होला ।

सिंह: आर्थिक अवस्था सामान्य रहने छ । कुनै धार्मिक कार्यमा सहभागिता जनाउनु हुनेछ । व्यवसायिक यात्रा सफल रहने छ ।

कन्या: लाभको राम्रो अवसर प्राप्त हुनेछ । चौतर्फी सफलता मिल्ने छ । जीवनसाथीसंग सुखद समय व्यतित हुनेछ ।

तुला: आर्थिक रुपमा सफल हुने योग छ । आज आफ्नो इच्छा अनुसार खर्च गर्नु हुनेछ । कुनै वरिष्ठ व्यक्तिको सहयोगले राम्रो प्रगति हुनेछ ।

वृश्चिक: आजको दिन विशेष फलदायी रहने छ । लाभ मिल्नुका साथै धनको वचत गर्न सक्नु हुनेछ । युवाहरुले करियरमा राम्रो सुरुवात गर्ने मौका प्राप्त हुनेछ ।

धनु: कार्य क्षेत्रमा विपरीत परिस्थितिको सामना गर्नु पर्नेछ । मध्यान्नपछि लाभ मिल्ने छ । स्वास्थ्यमा ध्यान दिनु होला ।

मकर: पारिवारिक प्रसंगले तनाव बढाउन सक्छ । मतभेद अथवा विवाद बढ्न सक्छ । आर्थिक अवस्थाका कारण पनि थोरै चिन्ता हुनसक्छ ।

कुम्भ: जीवनसाथीसंग मतभेद हुनसक्छ । सवारीसाधन चलाउ“दा सावधानी अपनाउनु होला । धर्मकर्ममा रुचि बढ्ने छ । मांगलिक कार्यक्रममा सहभागिता जनाउनु हुनेछ ।

मीन: आज सम्हालिएर काम गर्नु पर्नेछ । कुनै लापरवाही अथवा गल्तिका कारण परिवारमा अशान्ति बढुन सक्छ । स्वास्थ्यमा विशेष ध्यान दिनु होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 July 2024
Website | + posts