सरकारकाे मुख्यसचिवमा गड्तौला नियुक्त, योजना आयोगमा डा. अधिकारी

सरकारकाे मुख्यसचिवमा गड्तौला नियुक्त, योजना आयोगमा डा. अधिकारी : Icon Khabar

काठमाडौं, साउन १० । नेपाल सरकारका कायममुकायम मुख्य सचिव लिलादेवी गड्तौलालाई मुख्य सचिवमा नियुक्ति गर्ने निर्णय भएको छ ।

विहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् । उनले भने, ‘नेपाल सरकारका कायममुकायम मुख्य सचिव लिलादेवी गड्तौलालाई नेपाल सरकारको मुख्य सचिवमा नियुक्ति गर्ने निर्णय गरेको छ ।’

यस्तै, उनले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरूलाई मनोनयन गरेको पनि जानकारी दिएका छन् ।

उनले भने, ‘राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरूलाई मनोनयन गरेको छ जसमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा. शिवराज अधिकारी पाल्पा, सदस्यहरूमा डा .आरती विसार महोतरी, डा. रमेश प्रसाद सिंह धनुषा, डा.प्रकाश कुमार श्रेष्ठ अर्घाखाँची, श्रीमती गिता कुमारी पौडेल अधिकारी झापा, डा.जय बहादुर टण्डन अर्घाखाँची, गंगादत्त अवस्थी दार्चुलालाई नियुक्त गर्ने निर्णय गरेको ।’

Published Date: 25 July 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी