प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

भोलि राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक : Icon Khabar

काठमाडौं, साउन ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै विमान सौर्य एयरलायन्सको विमान दुर्घटना भएपछि प्रधानमन्त्री ओलीले आकस्मिक बैठक बोलाएका हुन् ।

सरकारले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि, बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री सचिवालयका अनुसार बैठक बेलुका ५ बजे बस्दैछ । प्रधानमन्त्री ओलीले विमान दुर्घटनाको छानबिन गर्ने बताएका थिए । सोही प्रक्रियाका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको बताइएको छ । बैठकमा ओलीले दुर्घटनाबारे जानकारी र छानबिन प्रक्रियाबारे पनि ब्रिफिङ गर्नेछन् ।

दुर्घटना लगत्तै प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डे लगायत विमानस्थल पुगेका थिए । विमानस्थलको निरिक्षणपछि प्रधानमन्त्री ओलीले तत्कालै नेपाल नागरिक उड्डयन प्राधिकरणको उद्धार समन्वय केन्द्रबाट ब्रिफिङ लिएका थिए ।

Published Date: 24 July 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक