महिला एशिया कप : आज नेपालले भारतको सामना गर्दै

महिला एशिया कप : आज नेपालले भारतको सामना गर्दै : Icon Khabar

काठमाडौँ, साउन ८ । एसिसी महिला एशिया २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल भारत विरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ७:१५ बजे श्रीलंका स्थित दाम्बुला स्टेडियममा सुरु हुनेछ ।

१-१ खेल बाँकी रहँदा समूह ए मा नेपाल र पाकिस्तानको समान २-२ अंक छ । भारतले २ खेल जितिसकेको छ । युएईले २ खेलमा हार बेहोरेको छ ।

पछिल्लो खेलमा पाकिस्तान विरुद्ध हार बेहोरेको नेपाललाई सेमिफाइनलमा पुग्नका लागि आजको खेल जित्नु पर्ने छ । तर सो नतिजा नेपालका लागि निकै कठिन रहेको छ ।

समूह चरणको अन्तिम खेलमा पाकिस्तानले आजको पहिलो खेलमा युएई विरुद्ध खेल्नेछ । आजका सो दुई खेलको नतिजाले समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुग्ने टोलीको निर्धारण गर्नेछ । पाकिस्तानले युएई विरुद्ध जित हासिल गरेमा नेपालले भारतलाई हराउनैपर्ने हुन्छ ।

पाकिस्तानले हार बेहोरेमा भने नेपाल भारतसँग पराजित भएपनि , पाकिस्तान र युएईसँग नेटरनरेटमा प्रतिस्पर्धा हुनेछ । पाकिस्तानले युएई विरुद्ध हार बेहोर्ने सम्भावना नै न्युन छ ।

पछिल्लो खेलमा पाकिस्तान विरुद्ध १० विकेटले पराजित नेपालले सो खेलमा जित दर्ता गरेमा सेमिफाइनलमा स्थान पक्का हुने थियो । तर सो खेलमा फराकिलो हार बेहोरेपछि नेपालको सम्भावना न्यून भएको छ । पहिलो खेलमा भने नेपालले युएईलाई हराउँदै ऐतिहासिक जित हासिल गरेको थियो ।

भारतको भने अन्तिम चारमा प्रवेश गर्ने सम्भावना उच्च रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 July 2024
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने