आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौं, साउन ७ । आज २०८१ साउन ७ गते सोमबार, तद्अनुसार २२ जुलाई २०२४ । आज साउन कृष्ण प्रतिपदा, प्रीति कौलव श्रवण, साउनको पहिलो सोमवार, सोमबारे व्रत, सूर्योदय बिहानः ०५ः२१ बजे, सूर्यास्त साँझः १८ः५८ बजे ।

आजको राशिफल

मेष: बु‍द्धिको प्रयोग गर्नु होला । प्रयास बढी गर्नु पर्नेछ । लाभ हुनेछ । स्वास्थ्य कमजोर रहने छ ।

वृष: व्यवसायमा वृद्धिको योग छ । चौतर्फी सफलता प्राप्त हुनेछ । वैवाहिक प्रस्ताव प्राप्त हुनसक्छ ।

मिथुन: पारिवारिक सहयोगबाट कार्य सहज हुनेछ । अरुको कार्यमा हस्तक्षेप नगर्नु होला । करियर बनाउने अवसर प्राप्त हुनेछ ।

कर्कट: कुनै पारिवारिक उत्सववमा भाग लिने मौका प्राप्त हुनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । बौद्धिक कार्य सफल रहने छ ।

सिंह: व्यवसाय औषत रहने छ । मेहनत बढी तर लाभ कम हुनेछ । अरुबाट धेरै अपेक्षा नगर्नु होला ।

कन्या: लाभ मिल्ने छ । मान–सम्मान पाइने छ । समय अनुकूल छ, प्रसन्नता रहने छ ।

तुला: कुनै मांगलिक कार्यको आयोजना हुनसक्छ । प्रसन्नता रहने छ । टाढाबाट राम्रो खबर प्राप्त हुनेछ । पराक्रम तथा प्रतिष्ठामा वृद्धि हुनेछ ।

वृश्चिक: यात्रा मनोरञ्जक रहने छ । लाभमा वृद्धि हुनेछ । अप्रत्याशित लाभ हुनसक्छ ।

धनु: आम्दानी घट्ने छ । व्यवसायको गति सुस्त रहने छ । अप्रत्याशित खर्च बढ्ने छ । विवादलाई नबढाउनु होला ।

मकर: रोकिएको पैसा प्राप्त हुनसक्छ । व्यावसायिक यात्रा मनोनुकूल रहने छ । विवेकको प्रयोगले लाभमा वृद्धि गर्नेछ ।

कुम्भ: नयाँ आर्थिक नीति बन्ने छ । कार्यप्रणालीमा सुधार हुनेछ । समय अनुकूल छ, लाभ लिनु होला ।

मीन: लाभको अवसर हात पर्नेछ । धर्म–कर्ममा मन लाग्ने छ । लगानी शुभ रहने छ । प्रसन्नता रहने छ ।

Published Date: 22 July 2024


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु