मुड फ्रेस गर्ने तरिकाहरु

मुड फ्रेस गर्ने तरिकाहरु : Icon Khabar

काठमाडौँ, साउन ३ । आइकन खबरको जीवनशैलीमा प्रस्तुत छ मुड फ्रेस गर्ने तरिकाहरु

गुलावको सुगन्ध: दैनिक गुलावको फूलको सुगन्ध लिँदा तपाईँमा सकरात्मक सोच र ऊर्जा तरंगित हुने गर्छ। एक सातासम्म गुलावको ताजा फुल टिप्ने गाँउलेहरु निकै ऊर्जाशिल र चिन्तामुक्त भएको हावर्डको एक रिसर्चले देखाएको छ।

बुद्धिमानीपूर्वक खर्च: सन् २०१४ मा गरिएको एक अध्ययनमा जीवनभरसम्म स्मरण हुने सातामा एक पटक गरिने यात्राले भौतिक सुःखका लागि सामग्री किनमेल गर्दा हुने खुसीलाई बिर्साइदिने सान फ्रान्सिस्को स्टेट युनिर्भसिटीका अनुसन्धानकर्ताहरुले देखाएका छन्।

भिटामिन डी: भिटामिन डीयुक्त खानेकुराको नियमित सेवनले तनाबबाट मुक्ती मिल्छ। सन् २०१२ मा १२ सय बढी मानिसहरुमा गरिएको एक अध्ययनमा भिटामिन डीको मात्रा कम हुनेमा डिप्रेसनको बढी खतरा देखिएको खुलासा भएको थियो।

नियमित काम: २० वर्षदेखि ४० वर्षको उमेरमा सातामा तीन पटकसम्म पसिना आउने गरी काम गरेमा पनि १६ प्रतिशत डिप्रेसन घट्ने गत वर्ष जेएएमए साइक्याट्रियाले खुलासा गरेको अध्ययनमा उल्लेख छ।

फेसबुकबाट मुक्त: फेसबुकमा रहने मानिस पनि डिप्रेसनको रोगी हुने भएको, खुसी र सन्तुष्टिमा कटौती भएकोले यसबाट बहिर्गमन भएमा निराशबाट मुक्ति पाउन सकिने युनिर्भसिटी अफ मिचिगनले देखाएको छ।

निरन्तर ध्यान: दैनिक १ घन्टासम्म नियमित ध्यान गर्ने मानिस चिन्ता र निराशाबाट मुक्त हुने जोन्स हप्किन्सको अनुसन्धानमा उल्लेख छ।

Published Date: 18 July 2024
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय