बिहीबार नेप्से परिसूचक ५९.६८ अंकले बढ्यो

बिहीबार नेप्से परिसूचक ५९.६८ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, साउन ३ । बिहीबार नेप्से परिसूचक ५९.६८ अंक बढेर २४२४.३२ विन्दुमा पुगेको छ।

१३ उपसमूहमध्ये आज ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ६.२८ प्रतिशत बढेको छ। त्यस्तै, आज लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जीव्न बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो काारेबार दिन १२ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा आज ३१२ स्टकको १ लाख ८४ हजार ७१२ पटकको कारोबारमा १५ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ४२ करोड ४६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यस्तै, आज अप्पर तामाकोशी हाइड्रोपावरको करिब ३९ करोडको शेयर खरिदबिक्री भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम ३० करोड नाघेको छ।

Published Date: 18 July 2024
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय