बिहीबार नेप्से परिसूचक ५९.६८ अंकले बढ्यो

बिहीबार नेप्से परिसूचक ५९.६८ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, साउन ३ । बिहीबार नेप्से परिसूचक ५९.६८ अंक बढेर २४२४.३२ विन्दुमा पुगेको छ।

१३ उपसमूहमध्ये आज ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ६.२८ प्रतिशत बढेको छ। त्यस्तै, आज लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जीव्न बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो काारेबार दिन १२ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा आज ३१२ स्टकको १ लाख ८४ हजार ७१२ पटकको कारोबारमा १५ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ४२ करोड ४६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यस्तै, आज अप्पर तामाकोशी हाइड्रोपावरको करिब ३९ करोडको शेयर खरिदबिक्री भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम ३० करोड नाघेको छ।

Published Date: 18 July 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक