ख्वप कलेज अफ इन्जिनियरिङका विद्यार्थीहरुलाई रु. ३० लाखको छात्रवृत्ति रकम वितरण

ख्वप कलेज अफ इन्जिनियरिङका विद्यार्थीहरुलाई रु. ३० लाखको छात्रवृत्ति रकम वितरण : Icon Khabar

भक्तपुर, साउन ३ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङका विद्यार्थीहरुलाई आज रु. ३० लाख १५ हजार बराबरको छात्रवृत्ति रकम वितरण गरेको छ ।

कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कलेजमा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई आज एक कार्यक्रमबीच छात्रवृत्ति रकम हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरु जनताको करबाट सञ्चालित गैरनाफामूलक शैक्षिक संस्था भएको बताउँदै यी कलेजमा अध्ययन गरेका विद्यार्थीहरुले देश र समाजप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताए।

त्यस्तै कलेज सञ्चालक समितिका सदस्य एवम् भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले विद्यार्थीको अनुशासन, पारिवारिक अवस्था, इमानदारितालगायतका विषय मूल्यांकन गरेर मात्र विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने बताउँदै भक्तपुर नपाले शिक्षा क्षेत्रमार्फत देशैभरिका जनताको सेवा गर्ने उद्देश्यले यी शैक्षिक संस्थाहरु सञ्चालन गरिएको बताए।

कार्यक्रममा ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले कलेजले प्रवेश परीक्षा उत्कृष्ट, गरिब तथा जेहेनदार र सेमेष्टर उत्कृष्ट गर्री तीन प्रकारका छात्रवृत्ति विद्यार्थीहरुलाई प्रदान गर्दै आएको बताउँदै आ.व. २०८०।८१ मा कलेजले रु. ९० लाख विनियोजन गरिएकोमा रु. ८० लाख ५५ हजार बराबरको छात्रवृत्ति प्रदान गरिसकेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 July 2024
Website | + posts
ताजा
भारत र चीनबिचको सम्झौता अस्वीकार्य: गगन थापा
पहिरो खसेर अवरुद्ध भएको धुलिखेल–खावा सडक एकतर्फी संचालनमा
भक्तपुरमा आज पंजारा पर्व मनाइदै, सूर्यमढीबाट सुरू भएको पाँच वटा दीपंकर बुद्धको नगर परिक्रमा जारी
अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा पहिरो, यातायात पूर्णरूपमा अवरुद्ध


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू