रियल म्याड्रिडका ८० हजार बढी फ्यानले गरे एम्बाप्पेको स्वागत

रियल म्याड्रिडका ८० हजार बढी फ्यानले गरे एम्बाप्पेको स्वागत : Icon Khabar

काठमाडौं, साउन  २ ।  फ्रान्सका सुपरस्टार फुटबलर किलीयन एम्बाप्पेलाई रियल म्याड्रिडमा स्वागत गरिएको छ । क्लबसँग आजै औपचारिक सम्झौतामा हस्ताक्षर गरेपछि एम्बाप्प लाई रियल म्याड्रिडको स्टेडियममा ८० हजार भन्दा बढी फ्यानहरुले स्वागत गरेका थिए ।

स्टेडियममा ८० हजार फ्यानहरुलाई सम्बोधन गर्दै एम्बाप्पेले आफ्नो बाल्यकालदेखिको सपना आज पुरा भएको बताएका थिए । उनले आफु रियल म्याड्रिडमा गोल गर्न र ट्रफी जित्नको लागि मात्र नआएको बताउदै एम्बाप्पेले आफु पूर्णरुपमा रियल म्याड्रिडलाई अपनाउन आएको बताएका थिए ।

गत महिनानै एम्बाप्पेलाई भित्र्याउने घोषणा गरेको रियल म्याड्रिडले आज औपचारिक सम्झौता गरेको हो । यसअघि उनले आजै मेडिकल समेत गरेका थिए । २५ बर्षीय एम्बाप्पे फ्री– ट्रान्सफरमा रियल म्याड्रिड आएका हुन् । एम्बाप्पेले रियल म्याड्रिडमा पिएसजीमा भन्दा १० मिलियन युरो कम पारिश्रमिक पाउने सम्झौता गरेका छन् ।

पिएसजीमा उनले करिब २५ मिलियन युरो बार्षिक पारिश्रमिक थियो भने रियल म्याड्रिडले १५ मिलियन युरो दिने बताइएको छ । यसपछि पनि एम्बाप्पे रियल म्याड्रिडमा सबैभन्दा बढी पारिश्रमिक भएको खेलाडी बन्ने छन् । उनले रियल म्याड्रिडमा ९ नम्बरको जर्सी लगाउने भएका छन् ।

मिडिया रिपोर्टका अनुसार रियल म्याड्रिडले एम्बाप्पेलाई फ्रि–ट्रान्सफरमा साइन गरेपनि उनलाई करिब ११० मिलियन डलर साइनिङ रकम दिने बताइएको छ ।  रियल म्याड्रिडले एम्बाप्पेलाई पछिल्लो सात बर्षदेखी भित्र्याउने प्रयासमा रहेको थियो । २०१७ मा फ्रेन्च क्लब मोनाकोबाट लोंमा पिएसजी आएका एम्बाप्पे २०१८ देखि पिएसजीको खेलाडी बनेका थिए ।

अहिलेसम्म पिएसजीका लागि उनले ३०८ खेलमा २५६ गोल गरेका छन् । पिएसजीमा रहदा उनले ६ सिजन फ्रेन्च लिग जितेका छन् भने चार सिजन फ्रेन्च कोपा डे जितेका छन् । त्यस्तै २०१९–२० सिजनमा पीएसजी च्याम्पियन्स लिगको उपविजेता बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 July 2024
Website | + posts
ताजा
मौसम पूर्वानुमान : कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता