बाढी, पहिरोका घटनामा परि मृत्यु हुनेको संख्या ११३ पुग्यो

बाढी, पहिरोका घटनामा परि मृत्यु हुनेको संख्या ११३ पुग्यो : Icon Khabar

काठमाडौं, साउन १ । देशका विभिन्न स्थानमा वर्षापछि आएको बाढी, पहिरोलगायतका विपदमा परी गत जेठ २८ यता एक सय १३ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २०, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा १३, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा आठजनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीकानुसार उपत्यकामा आठ, कोशी प्रदेशमा ३१, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २८, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा ११ गरी एक सय १९ जना घाइते भएका छन् ।

अहिलेसम्म सिमलताल घटनाबाहेक सात जना बेपत्ता रहेका प्रहरीले जनाएको छ । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार ६ सय ३० घरपरिवार विस्थापित भएका प्रहरीले जनाएको छ । – रासस

Published Date: 16 July 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास