आजकाे मौसम पूर्वानुमान: देशभर भारी वर्षाको सम्भावना

आजकाे मौसम पूर्वानुमान: देशभर भारी वर्षाको सम्भावना : Icon Khabar

काठमाडौं, असार २८ । आज (शुक्रबार) कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षा हुन सक्नेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्नेछ ।

आज देशभर बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ । कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुनेछ भने कोशी, मधेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षा हुनेछ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ महाशाखाले जनाएको छ । मनसुन न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ । अहिले देशभर बदली रही । मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानका साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी र परामर्श पनि जारी गरेको छ । जसअनुसार यो अवधिमा मुलुकका विभिन्न स्थानमा अति भारी, धेरै भारी, भारी र हल्कादेखि मध्यम वर्षा हुन सक्ने जनाइएको छ । जसका कारण ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै शनिबार देशभर बदली सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । आइतबार देशभर बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।
Published Date: 12 July 2024


ताजा
दुई दिनको बिदाले अस्पतालमा बढायो बिरामीको चाप, भक्तपुर अस्पतालको टिकट काउन्टरमै तनाव
नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार
देशभर मनसुन सक्रिय: हिमाली क्षेत्रमा हिमपात, धेरैजसो प्रदेशमा भारी वर्षाको सम्भावना
आज बुधबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु