कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘फ्लर्ट’ तीब्ररुपमा फैलिदै, डब्ल्यूएचओको चेतावनी

कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘फ्लर्ट’ तीब्ररुपमा फैलिदै, डब्ल्यूएचओको चेतावनी : Icon Khabar

काठमाडौँ, असार २७ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वभर कोरोनाभाइरसको नयाँ भेरियन्ट एफएलआईआरटी (फ्लर्ट) तीब्ररुपमा बढिरहेकोले सावधानी अपनाउन विश्वभरका सरकारहरुलाई अनुरोध गरेको छ ।

अन्यथा यो भेरियण्टले विश्वभर नयाँ खालको आतंक सृजना गर्ने चेतावनी दिएको छ । बेलायतको स्वास्थ्य मन्त्रालयले केही समय अगाडि नयाँ भेरियण्ट देखिएको बताएको थियो । त्यो आधारमा संगठनले थप अध्ययन गरेको थियो । नयाँ भेरियण्ट नयाँ खतरनाक खालको देखिए पनि त्यसको असर कति गम्भीर पर्छ भनेर थप अध्ययन भइरहेको बताइएको छ ।

‘फ्लर्ट’ भेरियन्टको लक्षणहरु

डब्ल्यूएचओका अनुसार यसको लक्षण पनि कोरोनाभाइरसको अरु भेरियण्टको जस्तै हुन्छ । भाइरसको संसर्गमा आएको पाँच वा छ दिनपछि लक्षणहरू देखा पर्न थाल्छन् र एकदेखि १४ दिनसम्म रहन्छन् । त्यसक्रममा काम ज्वरो आउने टाउको घाँटी दुख्ने, सास रोकिए जस्तो हुने, स्वर धोत्रो हुने, निरन्तर खोकी लाग्ने, मांसपेशी दुख्ने हात वा खुट्टा कक्रक्क हुने गरि दुख्ने, निकै थकाइ लाग्ने, नाकबाट पानी बग्ने वा नाक बन्द हुने, हाछ्यूँ आउने आँखा दुख्ने खान अरुचि हुने र स्वाद वा गन्ध हराउने वा फेरिने आदि लक्षणहरु देखा पर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 July 2024
Website | + posts


ताजा
अरनिको राजमार्ग तत्काल खुलाउन मन्त्री घिसिङद्वारा सडक विभागलाई निर्देशन
अरनिको राजमार्गको समस्या दीर्घकालीन रूपमा समाधान गर्न माग
काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थाल्यो
सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई व्यवस्थापन गर्न मन्त्री घिसिङको निर्देशन


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो