क्युरेक्स फर्मास्‍युटिकल्सले उत्पादन गरेको फोलिक एसिड ट्याबलेट गुणस्तरहीन

क्युरेक्स फर्मास्‍युटिकल्सले उत्पादन गरेको फोलिक एसिड ट्याबलेट गुणस्तरहीन : Icon Khabar

काठमाडौं, असार २७ । क्युरेक्स फर्मास्‍युटिकल्स बनेपाले उत्पादन गरेको फोलिक एसिड ट्याबलेट ‘फोलिकेयर ट्याबलेट’ गुणस्तरहीन पाइएको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, गण्डकी प्रदेश सरकारले त्यसको आशंकामा परीक्षण गराएको थियो।

गुणस्तर परिक्षणका लागि पठाइएको नमुनाको राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्युनगुणस्तरको पाइएको औषधि व्यवस्था विभागले जनाएको छ। त्यसको बिक्रीवितरण रोक्का गरी उक्त ब्याचका औषधि बजारबाट तुरुन्त फिर्ता गर्न भनिएको छ।

उक्त औषधिको विस्तृत विवरण विभागमा पेश गर्न र उक्त औषधिको सिफारिस, बिक्रीवितरण तथा प्रयोग समेत नगर्न र नगराउन निर्देशन दिइएको छ।

Published Date: 11 July 2024