क्युरेक्स फर्मास्‍युटिकल्सले उत्पादन गरेको फोलिक एसिड ट्याबलेट गुणस्तरहीन

क्युरेक्स फर्मास्‍युटिकल्सले उत्पादन गरेको फोलिक एसिड ट्याबलेट गुणस्तरहीन : Icon Khabar

काठमाडौं, असार २७ । क्युरेक्स फर्मास्‍युटिकल्स बनेपाले उत्पादन गरेको फोलिक एसिड ट्याबलेट ‘फोलिकेयर ट्याबलेट’ गुणस्तरहीन पाइएको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, गण्डकी प्रदेश सरकारले त्यसको आशंकामा परीक्षण गराएको थियो।

गुणस्तर परिक्षणका लागि पठाइएको नमुनाको राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्युनगुणस्तरको पाइएको औषधि व्यवस्था विभागले जनाएको छ। त्यसको बिक्रीवितरण रोक्का गरी उक्त ब्याचका औषधि बजारबाट तुरुन्त फिर्ता गर्न भनिएको छ।

उक्त औषधिको विस्तृत विवरण विभागमा पेश गर्न र उक्त औषधिको सिफारिस, बिक्रीवितरण तथा प्रयोग समेत नगर्न र नगराउन निर्देशन दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 July 2024
Website | + posts


ताजा
अरनिको राजमार्ग तत्काल खुलाउन मन्त्री घिसिङद्वारा सडक विभागलाई निर्देशन
अरनिको राजमार्गको समस्या दीर्घकालीन रूपमा समाधान गर्न माग
काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थाल्यो
सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई व्यवस्थापन गर्न मन्त्री घिसिङको निर्देशन


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो