युरो २०२४ को पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै

युरो २०२४ को पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै : Icon Khabar

काठमाडौं, असार २५ । युरो २०२४ को पहिलो सेमिफाइनलमा आज पूर्वविजेताद्वय स्पेन र फ्रान्सबीच हेभिवेट भिडन्त हुँदैछ । खेल नेपाली समय अनुसार राति १२:४५ बजे म्युनिखस्थित म्युनिख फुटबल एरेनामा हुनेछ ।

स्पेनले क्वाटरफाइनलमा आयोजक जर्मनीलाई हराएर आएकोले उच्च मनोबलमा सेमिफाइनल खेल्दैछ । मिकेल मेरिनोले अतिरिक्त समयमाको पनि अन्तिममा निर्णायक गोल गरेपछि स्पेनले जर्मनीलाई २-१ ले पराजित गरेको थियो ।

उता फ्रान्सले क्वाटरफाइनलमा पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो । दुई पूर्वविजेताबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ ।

Published Date: 09 July 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु