आजको मौसम पूर्वानुमानः मनसुनको सक्रियता घट्ने, आजदेखि कम वर्षा हुने

आजको मौसम पूर्वानुमानः मनसुनको सक्रियता घट्ने, आजदेखि कम वर्षा हुने : Icon Khabar

काठमाडौं, असार २४ ।  मनसुन न्यून चापिय रेखा नेपाल नजिक भएकोले विगत केही दिनदेखि सक्रिय रहेको मनसुन आजदेखि भने कम सक्रिय हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

मनसुन न्यून चापिय रेखा आजदेखि क्रमिकरुपमा दक्षिणतिर सर्दै जाने भएकोले मनसुनको सक्रियतामा कमी आई आजदेखि नेपालमा वर्षाको मात्रामा पनि केही कमी आउने विभागको पूर्वानुमान रहेको छ। यद्यपि, आजदेखि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ। मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विभागका अनुसार अहिले सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी र कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहने विभागले जानकारी दिएको छ। सबै प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
Published Date: 08 July 2024
Website | + posts