मंगलबार नेप्से परिसूचक ४७.०४ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक ४७.०४ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, असार १८ । नेप्से परिसूचक मंगलबार ४७.०४ विन्दुले बढेर २१००.४३ अंकमा आएको छ ।

बजारले २१ सयको मनोवैज्ञानिक लाइन छुन सफल भएको देखिन्छ । ४ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन सबै समूहका सूचक बढेका छन् ।

निकै लामो समयदेखि सुस्त हुँदै आएको वाणिज्य बैंक समूह पनि ३.०३ प्रतिशतले बढ्न सफल भएको छ ।

आज ३१५ कम्पनीको १ करोड १६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १२ करोड ३३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा परेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः गुडविल फाइनान्स र युनाइटेड इर्दी मर्दी आरबी हाइड्रोपावर रहेका छन् ।

 

Published Date: 02 July 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास