मंगलबार नेप्से परिसूचक ४७.०४ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक ४७.०४ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, असार १८ । नेप्से परिसूचक मंगलबार ४७.०४ विन्दुले बढेर २१००.४३ अंकमा आएको छ ।

बजारले २१ सयको मनोवैज्ञानिक लाइन छुन सफल भएको देखिन्छ । ४ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन सबै समूहका सूचक बढेका छन् ।

निकै लामो समयदेखि सुस्त हुँदै आएको वाणिज्य बैंक समूह पनि ३.०३ प्रतिशतले बढ्न सफल भएको छ ।

आज ३१५ कम्पनीको १ करोड १६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १२ करोड ३३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा परेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः गुडविल फाइनान्स र युनाइटेड इर्दी मर्दी आरबी हाइड्रोपावर रहेका छन् ।

 

Published Date: 02 July 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक